निखिल उप्रेती डोटी आउदै

Posted on: 16 Feb, 2019

प्रकाश बम | फागुन ४, डोटी | नेपाली फिल्म क्षेत्रका चर्चित नायक निखल उप्रेती  डोटीको दिपायलमा  आउने भएका छन् । 

‘कृषि, पर्यटन, उद्योग ब्यापारको पूर्वाधार, ७ नम्बर प्रदेशको विकासको मूल आधार’ भन्ने नाराका साथ  दिपायलमा माघ २५ गते देखी संचालन भइरहेको  ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ मा सोमबार चर्चित नायक उप्रेती आउन लागेका हुन् । 

दर्शकको माग अनुसार पछील्लो समयका चर्चित नायक उप्रेतीलाई महोत्सव ल्याउन लागेको आयोजले जनाएको छ।

डोटी उद्योग बाणिज्य संघको आयोजनामा सुरु भइरहेको महोत्सवमा शनिबार लोकदोहोरि गायिका जोति पुन मगर , हास्यकलाकार मनिस खड्का ,आइतबार लोक दोहोरी गायक पुस्कल शर्मा , सोमबार नायक उप्रेती , उद्घोषक तथा लोक दोहोरी गायक ढाकाराम पौडेल लगायतका   रास्ट्रिय  तथा स्थानीय कलाकारहरुको  बेजोड प्रस्तुति रहने  साँस्कृतिक  संयोजक नरेन्द्र खड्काले बताए ।

फागुन ५ गते सम्म संचालन हुने भनियको महोत्सव मौसममा आएको खराबी तथा दर्सकको माग अनुसार  दुई  थप गरिएको डोटी उद्योग बाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए । 

संघले विगत २०६८ सालदेखी नै दिपायलमा महोत्सवको आयोजना गर्दै आएको संघका महासचिव दिपक खड्काले बताए ।

सयौं  चलचित्रहरूमा अभीनय गरि सकेका उप्रेती दिपायलमा लागिरहेको महोत्सवमा  सोमबार  आउन लागेको भन्दै दर्शकहरु खुसी भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!