Skip to content
Friday, July 17, 2026 Nepali Online Media

वैवाहिक बन्धनमा बाँधिइन् गायिका मेलिना राई

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । आज काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो ।

ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । ध्रुव सांगीतिक क्षेत्रबाहिरका व्यक्ति हुन् । ब्रिटिस आर्मीमा कार्यरत गुरुङको स्थायी घर भने इलाम हो ।

विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति थियो ।