Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीमै पहिलो पटक बृहत् शैक्षिक मेला २०७३

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १३, नवलपरासी । </b>यस जिल्लामै पहिलो पटक बृहत् शैक्षिक मेला २०७३ सञ्चालन गरिएको छ ।&nbsp;</p><p>बेस्ट मिडियाको आयोजनामा आज शुरु भएको मेला असोज १५ गतेसम्म सञ्चालन हुनेछ । यस क्षेत्रका विद्यार्थीका लागि शैक्षिक परामर्श दिन मेला आयोजना गरिएको आयोजक संस्था बेस्ट मिडियाका अध्यक्ष नवीन पौडेलले जानकारी दिनुभयो ।&nbsp;</p><p>मेलामा स्वदेश तथा विदेशका शैक्षिक सङ्घसंस्थाका परामर्शदाताको सहभागिता रहने आयोजकले जनाएको छ । मेलामा विभिन्न शिक्षासम्बन्धी २५ स्टल राखिएको छ ।&nbsp;</p><p>कुन विषय अध्ययन गर्ने, कुन विषयका शैक्षिक संस्था कहाँ छ, विषय छनोट कसरी गर्ने, के–कस्ता शैक्षिक साम्रगीको प्रयोग गर्नेजस्ता विषयमा विद्यार्थी तथा अभिभावकलाई परामर्श दिइने छ । रासस&nbsp;</p>