असोज ३० पर्वत ।  सामान्य लगानीबाट करोडौँ कारोबार हुन थालेपछि पर्वतकी एक उद्यमी आफैमा दंग छिन् । सामान्य लाखबाट शुरु गरेको कारोबारवाट बार्षिक रुपमा करोडको कारोबार हुन थालेपछि पर्वत मल्लाज माझफाँटकी अनीता मल्ल केसी यतिबेला हर्षित छिन् ।
    डेढ दशकअघि स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३० पर्वत ।  सामान्य लगानीबाट करोडौँ कारोबार हुन थालेपछि पर्वतकी एक उद्यमी आफैमा दंग छिन् । सामान्य लाखबाट शुरु गरेको कारोबारवाट बार्षिक रुपमा करोडको कारोबार हुन थालेपछि पर्वत मल्लाज माझफाँटकी अनीता मल्ल केसी यतिबेला हर्षित छिन् ।
    डेढ दशकअघि स"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई लाखको लगानीले करोडको कारोबार थालेपछि…

३० आश्विन २०७३, आईतवार ०४:१३

असोज ३० पर्वत ।  सामान्य लगानीबाट करोडौँ कारोबार हुन थालेपछि पर्वतकी एक उद्यमी आफैमा दंग छिन् । सामान्य लाखबाट शुरु गरेको कारोबारवाट बार्षिक रुपमा करोडको कारोबार हुन थालेपछि पर्वत मल्लाज माझफाँटकी अनीता मल्ल केसी यतिबेला हर्षित छिन् ।
    डेढ दशकअघि सुरु     गरेको कालीगण्डकी चाउचाउ उद्योगले उनलाई करोडौ सम्पत्तीको मालीकका साथै सफल उद्यमीको रुपमा मात्रै चिनाएन उनलाई लखपतिबाट करोपति समेत बनाउनको लागि सफल बनायो ।
पर्वत बेनीमा वि.स २०६१ मा साढे दुई लाख रुपैयाको लगानीमा सुरु गरेको उद्योगबाट भएको आम्दानीले केसीले धाईरीङ ५ मिलनचोकमा घर सहित तिन वटा घडेरी किनेकी     छन् ।
    भाडाको घरबाट उद्योग सुरु गरेकी केसीले अहिले आफ्नै जग्गामा सञ्चालन गरेको उद्योगबाट घरपरिवार बाहेक चार जनालाई रोजगारी पनि दिएकी छन् । हाल पचास लाख रुपैया लगानी रहेको उद्योगबाट वार्षिक एक       करोड रुपैया बराबरको कारोबार हुने गरेको केसीले बताइन् ।
    ‘आफ्नै ब्यवसाय गर्ने सोचले सामान्य लगानीमा अरुबाट उद्योग किनेको थिए । छोराछोरी साना थिए । घरायसीसंगै उद्योगको काम गर्न निकै दुख भएको थियो’ केसीले भनिन् ‘अहिले उद्योगमा मात्र पचास लाख लगानी छ । एक      करोडको    कारोबार हुन्छ । परिवारले साथ दिनुभएको छ । सन्तुष्ट छु ।’
    उद्योगमा उत्पादन हुने दैनिक तिन सय किलो चाउमिन म्याग्दीको बेनी, दरवाङ, गलेश्वर, भुरुङतातोपानी, उत्तरी पर्वतको साथै कुश्मा र बागलुङमा बिक्री हुने     गरेको छ । आफ्नै गाडीमा चाउमीनको साथै सस बिक्री गर्न बजार पु¥याउने     गरेकी छन् ।
    उद्योगको काममा दैनिक १७ घण्टा सम्म खटिने केसीलाई दुई छोराछोरी र सासु आमाले पनि सघाएका छन् । बिदेशमा राम्रै आम्दानी हुने कम्पनीमा काम गरिरहेका श्रीमान तेजेन्द्रको पनि उनलाई साथ छ । उनका छोराछोरी बेनीको निजी विद्यालयमा पढ्छन् । सामुदायीक विद्यालयमा निजी स्रोतको शिक्षक र लघुवित्त संस्थाको जागीर छोडेर उद्यममा हात हालेकी केसीले निरन्तर संघर्ष, परिवारको साथ, ईमान्दारीता र मेहनत गर्न सकेमा सफल हुन सकिने बताउँछन् ।    
    उद्योगलाई थप व्यवस्थित र क्षमत्ता विस्तार गर्ने लक्ष्य राख्नुभएकी केसीले संगै कुखुरापालन पनि गरेकी छन् । घरायसी र उद्योगसंगै उनले सामाजिक संघ संस्थामा समय दिदै आएकी छन् ।
    घरेलु महासंघकी केन्द्रिय सदस्य रहनुभएकी केसी महिला उद्यम समिति म्याग्दीको कार्यसमिति र महिला सुधार आमा समूहको सदस्यको रुपमा सामाजिक काममा सक्रिय छन् । उद्यम ब्यवसाय गर्ने हो भने महिलाहरु आर्थिक रुपमा सम्पन्न, आत्मनिर्भर र सक्षम बन्न सक्छन भन्ने उदाहरण केसीले प्रस्तुत गर्नुभएको उनकी छिमेकी जमुना आचार्यले बताइन् । सन्तोष गौतमबाट



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली