Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासी स्थित बडहरा दुबौलियाको खानेपानी आयोजना अलपत्र

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/9c7d97985b4fe385887338e625f285bf1477363063.jpg" style="width: 640px; float: left;"><b>मोहम्मद ईजहार शेष |</b> कात्तिक ९, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविस वडा नम्बर ७ बडहरामा निर्माण गरिएको बडहरा खानेपानी तथा सरसफाई आयोजना अहिले लवारिस अवस्थामा भएको छ । एक सर्वेक्षणले बडहरा गाँउका अधिकांस ह्यान्ड पाईपहरुमा आर्सेनिकको मात्रा बढि भएको पाईएपछि सरसफाई सम्बन्धि काम गर्ने एक संस्थाको आर्थिक सहयोगमा वि सं २०६३ सालमा बडहरामा खानेपानी ट्यांकी निर्माण गर्ने आयोजना स्वीकृत गरेको थियो ।<br></p><p>उक्त संस्थाको २८ लाख लगानीमा स्वीकृत गरेको ५ वर्षपछि मात्र बडहरा गाँउलाई खानेपानी पुग्ने ३५ सय लिटर क्षमताको खानेपानी आयोजना वि.सं २०६८ सालमा निर्माण कार्य सम्पन्न भएको हो । सो संस्थाले त्यति बेला रु ५० हजारको जगेडा कोष स्थापना गरि उक्त खानेपानी आयोजना बडहरा गाँउलाई हस्थतान्तरण गरेको बडहरा खानेपानी तथा सरसफाई आयोजना निर्माण ब्यवस्थापन समितिका अध्यक्ष दयाराम चौधरीले बताउनु भयो । तर उक्त आयोजनालाई अहिलेसम्म निर्माण समितिले नै जसोतसो चलाई रहेको छ । वि.सं २०७० सालवाट पानी प्रसोेधन गरी बडहरामा निर्माण २२ वटा सार्वजनिक धाराहरुवाट १ सय ४४ घरदुरीहरु ६ महिनासम्म खानेपानी उपभोग गरीरहेका थिए &nbsp;। ६ महिना पछि विद्धुतको महशुल तिर्ने कुनै स्रोत नभएकाले उक्त खानेपानी आयोजना २०७३ साल जेष्ठसम्म बन्द रहेको थियो । सार्वजनिक धाराहरु भएकाले पानीको शुल्क लिने मिटर समेत जडान नगरिएकाले कुनै किसिमको शुल्क समेत उठाउने गरिएको छैन । अहिले बडहरा खानेपानी तथा सरसफाई आयोजनालाइ ५० हजारभन्दा बढि बिद्धुत शुल्क तिर्न बाकी रहेको छ ।</p><p>निर्माण समितिका अध्यक्ष दयाराम चौधरीकै लालपुर्जा धरौटीमा राखी विद्धुत जडान गरिएकाले विद्धुत शुल्क नतिरेको हुँदा र तिर्न कुनै स्रोतपनि नभएको हुँदा फेरी खानेपानी आयोजना बन्द गर्नुपर्ने अवस्था आएको चौधरीले बताउनु भयो । उपभोक्ताहरु सार्वजनिक धारावाट पानी खाईरहेकाले खानेपानी आयोजना कसरी चलाउने नचलाउने बारे ध्यान नदिएको उँहाको गुनासो छ । आर्थिक रुपले खानेपानी आयोजनाको स्थित एकदमै नाजुक रहेकाले सञ्चालक समिति निर्माण गरि कसैलेपनि जिम्मेवारी लिन नचाहेको निर्माण समितिका अध्यक्ष चौधरीले बताउनु भयो । &nbsp;</p>