रबिन्द्र यादव/कात्तिक २२, नवलपरासी । नवलपरासीमा रामग्राम नगरपालीकाको लापरवाहीका कारण समयमै सडक कालोपत्रे हुन नसक्दा सार्बसाधारण सास्ती भोग्न बाध्य भएका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रबिन्द्र यादव/कात्तिक २२, नवलपरासी । नवलपरासीमा रामग्राम नगरपालीकाको लापरवाहीका कारण समयमै सडक कालोपत्रे हुन नसक्दा सार्बसाधारण सास्ती भोग्न बाध्य भएका छन् "/>

2026-09-19 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामग्राम नगरपालीकाको आर्को चरम लापरवाही: समयमै सडक कालोपत्रे हुन सकेन


रबिन्द्र यादव/कात्तिक २२, नवलपरासी । नवलपरासीमा रामग्राम नगरपालीकाको लापरवाहीका कारण समयमै सडक कालोपत्रे हुन नसक्दा सार्बसाधारण सास्ती भोग्न बाध्य भएका छन् । 

 जिल्लाको सदरमुकाम परासीको मुख्य मुटु मानिने बुध चोक देखी अदालत जाने  सडकको कालोपत्रे समयमै हुन नसक्दा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका हुन् । 

समयकै सडक कालोपत्रे नहुदा सडकमा छरीएर राखीएको गिट्टी बालुवाले सडकमा हिडन् यात्रुलाई प्रदुशित बनाएको छ  । यता यती मात्र हो सो सडकमा हिड्ने यात्रुलाई सडकमा हिडेका ठुला गाडी सडकमा रहेको  गिट्टी उछिट्दिा सर्बसाधारणलाई लाग्दा झन समस्या भोग्नु परेको हो   । 

सर्बसाधारणका अनुसार नगरपालीका र ठेकेदारको मिलोमतोमा समयमै काम नसक्दा धुलोधुवा, सवारी गुड्दा सडकमा रहेको गिट्टीले सर्बसाधारणलाई चोटपटक लाग्ने साथै छडक छेउमा ब्यापार गर्ने  ब्यापारीको काउण्टर र ¥याकमा समेत क्षति पु¥याउदै आएको छ  । 

सो सडक कालोपत्रे गर्ने आर्थिक बर्ष २०७२/०७३ को असार मसान्तमा सम्पन्न गर्ने  गरी  शुभलक्ष्मी कन्स्ट्रन्सन तिलकपुर नवलपरासीले जिम्मा लिएको थियो  । तर  अहिले सो समय अवधी समाप्त भएको करिब ४ महिना बितिसक्दा पनि निमार्ण काम पुरा हुन सकेको छैन् । 

रामग्राम नगरपालीकाको गैर जिम्मेबारी पुर्ण काम साथै ठेकेदारपक्षलाई नगरपालीकाले संरक्षणकै कारण समयमा सडक कालोपत्रे नहुदा गर्दा आफुहरुले निकै सास्ती भाग्नुपरेको स्थानियहको भनाई छ  । 

अझं आर्को अचम्मको कुरा ठेकेदार पक्षले समयमै कामलाई दबाब दिन त कहां को काहा अर्झ नगरपालीकाले समयमकै काम सम्पन्न गर्न  नसक्ने निमार्ण कम्पनीलाई  कुनै कारवाही गरेको छैन् । 

निमार्ण कम्पनीले  नगरपालीकालाई निमार्ण काम सम्पन्न गर्न १८ दिनको समय अवधि  थप  गर्न भनि  २०७३ असार २८ गते निबेदन दिएको भएपनि रामग्राम नगरपालीकाले स्वयम् सो निमार्ण कम्पनीलाई म्याद समेत थपेको    छैन् । 

निमार्ण कम्पनीले १८ दिन म्याद थपका लागी निबेदन दिएपनि त्यो समय म्याद थप नगरेको नगरपालीकाले  अहिलेसम्म निमार्ण कम्पनीलाई कारवाही समेत नगर्नुलाई नगरपालीकाले निमार्ण कम्पनीलाई संरक्षण गर्न खोजेको  सर्बसाधारणको भनाई  छ  । 

कुल  ३१ लाखको लागतमा करिब १सय ५० मिटर कालोपत्रे गर्ने गरी ठेक्का पाएको शुभलक्ष्मी कन्स्ट्रकसन तिलकपुर नवलपरासीले काम पुरानै नगरी अहिलेसम्म ११ लाख रुपैया भुक्तानी लगीसकेको नगरपालीकाले जनाएको छ  । 

यस बारे रामग्राम नगरपालीकाका निमित्त प्रमुख कुन्दन कुमार चौधरीले सडकमा बिजुलीको पोलका कारण निमार्ण कायमा ढिलाई भएको स्विकार गर्नुभयो  । 

केही दिन अघि कार्यालय प्रमुख नभएको मैका छोपी सार्बजनिक बिदाका दिन पनि नगरपालीकाको सबैभन्दा महगो तथा आरामदायी सवारी लु १ च ६६६४ नम्बरको ईस्कारपियो गाडी कार्यालयका चाड पर्वका बेला कर्मचारीले प्रयोग गरेको समाचार बिभिन्न सन्चार माध्यममा आएर आलोचित बनेको रामग्राम नगरपालीका फेरी कार्यालयको चरम लापरवाहीका कारण समयमै सडक कालोपत्रे हुन नसकेको सर्बसाधारणको गुनासो आएपछि बिबादमा तानिएको हो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता