Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रथम देवचुली महोत्सवको दोस्रो दिन १० हजारले अवलोकन गरे, ७० लाखको कारोबार

By साझासवाल 13 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक २६, नवलपरासी । नवलपरासीको कावासोतीमा शुरु भएको प्रथम देवचुली महोत्सव २०७३ मा दोस्रो दिन १० हजार सर्वसाधरणले महोत्सवको अवलोकन गरेका छन् । मंसिर ४ गते सम्म चल्ने महोत्सव हेर्न दोस्रो दिन दर्शकहरुको घुईचो लागेपछि ७० लाखको कारोबार भएको छ ।

मेलाको पहिलो दिन जस्तै दोस्रो दिन पूर्ण रुपमा सफल बनेको मेला आयोजक समितिका संयोजक एवंम देवचुली टेलिभिजनका अध्यक्ष केबी रानाले जानकारी दिए । रानाले महोत्सवमा देवचुली टेलिभिजनलाई दर्शकहरुले राम्रो साथ र सहयोग गरेकोमा खुसी व्यक्त गरे । उनले भने, पहिलो दिन २० हजार मानिसहरु सोभा यात्रामा सहभागी हुनु जिल्लाको लागि गौरवको विषय हो ।

मेलामा कृषि प्रदर्शनी,  स्थानीय खाना महोत्सव, उद्योग व्यापारको स्टल प्रदर्शनी, जातिय मौलिक झांकी, लोपोन्मूख मौलिक नाँचहरुको प्रदर्शन गरिएका छन् ।  मेलामा मगर, तामाङ, गुरुङको घर, सुधारिएको बाख्राको खोर, मानविय व्यवहार देखाउने उँट, माछा पोखरी, नवलपरासी जिल्लामा उत्पादित सुन्तला र बाल उद्यानहरु मुख्य आर्कषणको केन्द्र हुन् ।

महोत्सवमा देवचुली डान्स आईडल शुरु भएको छ भने कला संस्कृति संरक्षणमा टेवा पुर्याउने संघ संस्थालाई सम्मान समेत गर्न थालिएको छ । कला संस्कृति संरक्षण पर्यटनको आधार सम्बृद्ध राष्ट्रका लागि कृषि उद्योग तथा व्यापार भन्ने नारा सहित थाना चोक पछाडीको कावासोती खेल मैदानमा महोत्सव भब्य रुपमा चलिरहेको छ ।

१ हजार युवाहरुलाई स्वरोजगार बनाउने र कला संस्कृति संरक्षणको लागि विभिन्न समूहलाई बाजा गाजा र भेषभूषा हस्तान्तरण सहयोगार्थ देवचुली टेलिभिजनले आफ्नो आठौँ बार्षिक उत्सवको अवसरमा महोत्सव गरेको हो ।

दोस्रो दिन कार्यक्रमलाई संबोदन गर्दै नेपाली कागे्रसका नेता एवंम पूर्व सांसद महेन्द्रध्वज जिसीले देवचुली महोत्सव पूर्ण रुपमा सफल बनेको बताए । उनले भने दर्शकहरुको घुईचोले महोत्सव सफल देखिन्छ, यो टेलिभिजनले समाजको लागि पूर्याएको योगदानको कदर हो ।

जिसीले समाज परिर्वतनमा संचार माध्यमहरुले खेलेको भूमिका प्रति खुसी व्यक्त गर्दै सचेत समाज निर्माणमा संचार माध्यमहरु बलियो बन्नुपर्ने विचार राखे ।  यस्तै नेपाली कागे्रसका क्षेत्रीय सभापति दुर्गा बहादुर रानाले नवलपरासी जिल्ला कला संस्कृतिको हिसावले निकै धनि रहेको बताउँदै त्यसको संरक्षणमा सबै सरोकारवालाहरुको चासो पुग्नुपर्ने बताए । उनले भने, यहाँका मगर, थारु, आदिवासी जनजातिका मौलिकपन बचाउन टेलिभिजनले चालेको कदम निकै उत्कृष्ट छ ।

कमल खत्री र टिका पुनले तताएँ महोत्सव

महोत्सवको दोस्रो दिन शुक्रबार आधा दर्जन राष्ट्रियस्तरका कलाकार र स्थानीयस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

लोक दोहोरी गायिका टिका पुन, पप गायक कमल खत्री, गायकहरु दिपक खड्का, राजन गुरुङ, गायिका उमा खनाल, तथा देवचुली डान्सिङ्ग स्टारका उत्कृष्ट ९ प्रतियोगीको समेत प्रस्तुती रहेको थियो ।

राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती हेर्न अबेरसम्म हजारौं दर्शकहरु प्रर्दशी स्थलमा भेला भएका थिए । महोत्सवमा गायक कमल खत्री र टिका पुनले दर्शकहरुको मन जिते । नवलपरासी जिल्लाको कावासोती क्षेत्रमा निकै कम देखिने कालाकारहरुमा उनीहरु पर्छन् ।

गायक दिपक खड्का र गायिका उमा खनालको दोहोरीमा दर्शकहरु खुबै नाँचेका थिए भने गायक दिपक खड्काको कार्यक्रम उद्घोषकले कार्यक्रमको अझ सोभा बढेको पाइन्थ्यो । त्यस्तै राजन गुरुङले दर्शकहरु पनि दर्शकहरुको रामै्र साथ पाए उनले शनिबार समेत आफ्नो सांगीतिक प्रस्तुती देखाउँनेछन् । आफ्ना आधा दर्जन भन्दा बढी उत्कृष्ठ गीत प्रस्तुत गरेकी पुनले कावासोती बासीलाई माया भनेपछि दर्शकहरु पुन तर्फ झुमिएका थिए ।

कार्यक्रमको अन्तिम प्रस्तुती दिन पुगेका गायक कमल खत्रीले अबेरसम्म दर्शकलाई खुबै नँचाएका थिए । आधा घण्टा भन्दा बढी समय सम्म स्टेजमा रहेका गायक खत्रीले जती गीत गाएपनि दर्शकले बान्स मोर भन्न छोडेका थिएनन् । उनले आफ्ना आधा दर्जन चर्चित गीत सुनाएका थिए ।

उन्नत जातको बाखा्र र सुधारीएको खोरमा दर्शकको चाँसो

महोत्सवमा राखिएको कृषि स्टलहरु मध्ये उन्नत जातको बाखा्र र सुधारीएको खोर बिशेष प्रदर्शनीको रुपमा देख्न सकिन्छ । गाउँघरमा पालिने बाख्रा भन्दा फरक रहेको उन्नत जातको बाख्रा र गाउँस्तरमै भएका साधनहरुबाट कसरी राम्रो खोर बनाउन सकिन्छ भनेर सुधारीएको खोर प्रदर्शनी गरीएको छ ।

गाउँघरमा अझै पनि कतिपय कृषकहरुले उन्नत जातको बाख्रापालन नगरेको र कसरी उन्नत जातका बाख्रा पाल्न सकिन्छ भन्ने परामर्श पनि दिने र उन्नत जातका बाख्रा बिक्री पनि गरीने प्रदर्शनीमा बताइएको थियो । साथै गाउँस्तरमै रहेको स्रोत र साधनबाट पनि सुधारीएको खोर बनाउन सकिने भन्दै निकै आकर्षण सुधारीएको खोर बनाइएको छ ।

तेस्रो दिनको आर्कषण

महोत्सवको तस्रो दिन पनि विविध सास्कृतिक कार्यक्रमले रौनकता पाउँने भएको छ । शनिवार तेस्रो दिन रहेकाले मेलामा अघिल्लो दिनको तुलानामा उल्लेख्य मानिसहरुको सहभागीता रहने आयोजकले दावी गरेको छ ।

देवचुली महोत्सवमा मनोरञ्जन प्रदान गर्न शनिबार चर्चित कलाकारहरु कावासोतीमा भेला हुने भएका छन् । पछिल्लो युवा पुस्ताका ढुकढुकी शिव परियार र चर्चित लोक गायक प्रजापति पराजुली मुख्य आर्कषणको केन्द्रमा रहेका छन् ।

यस्तै गायिक प्रिति आले, अम्मर विरही गुरुङ, हास्यकलाकार जादूगर लगाएत स्थानीय कलाकार र देवचुली डान्सिङ्ग स्टारको समेत विशेष प्रस्तुती रहने सांस्कृतिक उप समितिका संयोज दिपक खड्काले जानकारी दिए । गायिका प्रिति लोक गीतमा बेलि डान्सको लागि निकै चर्चित छिन् ।

महोत्सव अबधिभर नवलपरासी जिल्लामा रहेका विभिन्न जात जातिका नाँच तथा झाँकीहरु समेत मुख्य प्राथमिकतामा परेका छन् । दैनिक रुपमा आदा दर्जन जातिय संस्कृति संरक्षणको लागि भन्दै नाँचहरु प्रदशन भईरहेको मेला व्यवस्थापन उप समितिले जानकारी दिएको छ ।