2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको रामग्राम क्षेत्रबाट अवैधरुपमा माटो निकालिदै

कात्तिक २७, नवलपरासी । पुरातात्विक क्षेत्र नवलपरासीको रामग्राम स्तुप आसपासको क्षेत्रबाट अवैधरुपमा माटो निकाल्ने कार्य हुँदासमेत सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन् । 

गौतमबुद्धको आठवटा अष्टधातुमध्ये सिङ्गो भाग रहेको अष्टधातु रामग्राम स्तुपमा मात्र रहेको छ । जुन धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । 

तर संरक्षणमा सरकारी निकाय र जिम्मेवारी लिइने निकायले चासो नलिएपछि स्तुप क्षेत्र अस्तव्यस्त बनेको छ । 

रामग्राम स्तुपको संरक्षणमा सरकारी निकायले चासो नदेखाउँदा स्तुप क्षेत्रमा अवैध रुपमा माटो खन्ने कार्य भइरहेको छ । स्तुप क्षेत्र वरिपरीबाट माटो खनेर ट्याक्टरमा लैजाने गरेका छन् । 

लुम्बिनी विकास कोष अन्तर्गतको स्तुप क्षेत्र संरक्षण नभएका कारण अवैधरुपमा माटो खन्ने र जथाभावी उत्खनन्ले पुरातात्विक महत्वका सामग्री नष्ट भएर जाने गरेको छ । 

संरक्षण र विकासको जिम्मेवारी पाएको लुम्बिनी विकास कोषका दुईजना कामदारको रुपमा कर्मचारी रहेको भए पनि यस क्षेत्रबाट माटो खल्ने कार्य रोकिएको छैन् । 

रामग्राम नगरपालिका– ७ उजैनीमा रहेको स्तुप क्षेत्र वरिपरी माटो खनिनुका साथै झरही खोलाबाट पनि बालुवा र माटो खनेर लैजाँदा स्तुप क्षेत्रमा असर परेको स्थानीयवासीको भनाइ छ । 

रामग्राम स्तुप उत्तर तर्फबाट माटो खन्दा त्यहाँ रहेका रुख बिरुवा समेत मासिने गरेका छन् । 

रामग्राम स्तुपमा वार्षिक १५ हजारदेखि २० हजार तेस्रो मुलुकबाट बौद्धधर्मालम्बी र पर्यटक आउने गरेको तथ्याङ्क आगन्तुक पुस्तिकाले देखाउँछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ