मंसिर ५, परासी । नवलपरासीमा स्थानिय तहको पुनर्संरचना टुङ्गाउन आज तेश्रो पटक बसेको सर्वदलिय बैठकलाई मधेशी मोर्चाले स्थगित गर्दै माईन्युट आफनो नियन्त्रणम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर ५, परासी । नवलपरासीमा स्थानिय तहको पुनर्संरचना टुङ्गाउन आज तेश्रो पटक बसेको सर्वदलिय बैठकलाई मधेशी मोर्चाले स्थगित गर्दै माईन्युट आफनो नियन्त्रणम"/>

2026-06-21 12:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासी जिल्ला विकास समितिको माइन्युट मधेशी मोर्चाको कब्जामा


मंसिर ५, परासी । नवलपरासीमा स्थानिय तहको पुनर्संरचना टुङ्गाउन आज तेश्रो पटक बसेको सर्वदलिय बैठकलाई मधेशी मोर्चाले स्थगित गर्दै माईन्युट आफनो नियन्त्रणमा लिएको छ । जिल्लाको पुरानो ७ वटा नगरपालिकाको अस्तित्व कायम रहने गरि ७ नगरपालिका र ८ गाउँपालिकामा शिर्षदहरुले सहमति जुटाउन खोज्दा मोर्चाले उक्त संरचनाको विरोध गर्दै माईन्युट आफनो नियन्त्रणमा लिएको हो । 

संविधानको व्यस्था अनुसार नवलपरासी जिल्लाको दाउन्नेपुर्व भाग प्रदेश ४ र पश्चिम भाग प्रदेश नं. ५ मा रहने गरि जिल्ला विभाजन भएपनि भने यसको सिंमाङ्कन प्रष्ट नभएकोले अहिले स्थानिय तहको पुर्नसंरचना उचित नरहेको मोर्चाले दावी गरेको छ । पटक पटक मोर्चाले संविधान संशोधन गरि सिमाङ्कन किलियर नभए पुर्नसंरचना हामी गर्न नदिने भनिरहदा, आज शिर्ष दलहरुले एकलौटी ढंगबाट पुर्नसंरचनाको खाका माईन्युटमा उल्लेख गर्न खोज्दा मोर्चाले माईन्युट आफनो नियन्त्रणमा लिएकोे तमलोपाका केन्द्रिय सदस्य एवं कार्यवाहक जिल्ला अध्यक्ष पुरन चौधरीले आरोप लगाउनु भयो । 

सरकारले जिल्लाको सिमाङ्कन किलियर गरेर प्रादेशिक संरचना बनाई त्यसको अधिनमा रही मात्र स्थानिय तहको पुर्नसंरचाना र चुनाव गराउन पर्ने एजेण्डमा मोर्चाले आजपनि अडान लिएपछि शिर्षदल र मोर्चाको बिचमा विवाद उत्पन्न हुदै बैठमा एकछिन झक्कीझक्का समेत भएको थियो । बैठकमा शिर्षदलद्धारा माईन्युटमा जबरजस्ती स्थानिय तहको खाका लेखिने र अर्को पक्षद्धारा माईन्युट च्यातिने अवस्था देखिएपछि माईन्युट सुरक्षित गर्न मोर्चाले अफनो नियन्त्रणमा लिएको तमलोपाका कार्यवाहक अध्यक्ष चौधरीले बताउनु भयो । बैठकमा सबैभन्दा पहिला संविधान संशोधन गरि यस जिल्लाको सिमांकन प्रष्टाएर प्रादेशिक संरचना निर्धारण गरि मात्र जिल्लाको स्थानिय तहको संरचना र निर्वाचन गर्न जनताको हक र लोकतन्त्रको मुलमान्यतामा रहने मधेशी मोर्चाको दावी थियो । 

जिल्ला विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले स्थानियक तहको पुर्नसंरचना टुंगाउने विषयमा आज तेश्रो पटक पनि बैठक बोलाउदा गत बैठक जस्तै आजपनि बैठक स्थगित गरिएको र  माईन्युट समेत मोर्चाको कब्जामा जाँदा पौडेल मुख दर्शक बनि बसिरहेको थिए । 

जिल्लामा केन्द्रले ल्याएको खाका अनुसार ११ देखि १५ वटा स्थानिय तहको निर्माण गर्न सकिने व्यवस्था अनुरुप नेपाली कांग्रेस, नेकपा एमाले र माओबादी केन्द्रले जिल्लाको पुरानो नगरपालिकाको अस्तिव्त कायम रहने गरि ७ नगरपालिका र ८ गाउँ पालिका बनाउन धारणा राखेको थिए । 

शिर्ष दलले राखेको धारणा प्रति मधेशी वादी दल, नयाँ शक्ति नेपाल, जनमुक्त पार्टी, राप्रपा नेपाल र नेपाल परिवार दल लगायतले असन्तुष्टि जनाउदै पहिला सिमाङ्कन किलियर भएपछि मात्र पुर्नसंरचनाको खाका बनाउन तर्फ लाग्ने दलका प्रतिनिधिहरुले बताए ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ