2026-07-25 05:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाविसको धेरै बजेट कृषि सिचाईमा छुट्टीयो

दलसिंह गिरी | मङ्सिर १२, कालिकोट | कालिकोट जिल्लामै कुपोषित बालबालिका रहेको सिपखाना गाविसले खाध्य उत्पादनमा बृद्धि गर्न कृषि सिचाईको क्षेत्रमा सवैभन्दा बढी बजेट विनियोजन गर्दै ९ औ गाउँ परिषद सनिबार सम्पन्न गरेको छ । कृषि सिचाईका लागि सवैभन्दा बढी ११ लाख बजेट विनियोजन गर्दै परिषद सम्पन्न गरेको हो । 

परिषदमा चालुतर्फ ५ लाख ४५ हजार र पुजीगततर्फ ४१ लाख २९ हजार बजेट विनियोजन गर्दै लक्षित वर्ग अन्तरगत महिला, बालबालिका लागी कुल बजेटको १०÷१० प्रतिशत, दलित जनजाति, अपाङग, जेष्ठ नागरिक खेलकुदका लागि कुल बजेटको १५ प्रतिशत, पूर्ण सरसफाई, विपद ब्यवस्थापनमा ५÷५ प्रतिशत बजेट विनियोजन गरिएको छ । यसै गरी पर्बधनात्कम तर्फ ७ लाख ३१ हजार र स्वास्थ्य तर्फ ४ लाख ६० हजार बजेट विनियोजन गरिएको छ । 

सिपखाना गाविस सचिव महेश थापा को अध्यक्षता, जिल्ला स्वास्थ्य समितिका अध्यक्ष दयाराम सिमखाडाको प्रमुख आथित्यता आज आयोजित गाउँ परिषदमा राप्रपाका कालि बहादुर शाही, माओवादी केन्द्रका ध्रुवराज सिमखाडा, नेकपा माओवादी क्रान्तिकारीका उदयराम आचार्य, नेकपा माओवादीका उमेश खड्काले गाउ परिषद सुसम्पन्नका लागि आ आफ्नो धारणा सहित सफलताको शुभकामना दिनु भएको छ । 

आर्थिक बर्ष २०७३।०७४ अन्तर्गत ९ औं गाउ परिषद संचालन गर्ने जिल्लाकै पहिलो गाविसको रुपमा रहेको सिपखाना गाविसमा गत बर्षको भन्दा दोब्बर बजेट विनियोजन भएको गाविस सचिव महेश कुमार थापाले बताउनुभएको छ । गत बर्ष पुजिगत तर्फ १९ लाख १ हजार र चालु तर्फ ४ लाख ५३ हजार बजेट विनियोजन भएको गाविस सचिव थापाले जानकारी दिनु भएको छ । ९ औं गाउ परिषदको रेडियो नेपाली आवाज र रेडियो नयाँ कर्नालीले आज दिन भर प्रत्यक्ष प्रशारण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक