कमल रावल/मङ्सिर १५, अछाम । जिल्ला बिकास समिती अछामबाट आर्थिक बर्ष २०७२।०७३ बाट विनियोजित बजेटको प्रभावकारीताको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/मङ्सिर १५, अछाम । जिल्ला बिकास समिती अछामबाट आर्थिक बर्ष २०७२।०७३ बाट विनियोजित बजेटको प्रभावकारीताको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भए"/>

2026-07-25 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बजेटको प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाई


कमल रावल/मङ्सिर १५, अछाम । जिल्ला बिकास समिती अछामबाट आर्थिक बर्ष २०७२।०७३ बाट विनियोजित बजेटको प्रभावकारीताको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

जिविसबाट चालु तथा पुँजिगत क्षेत्रमा विनियोजत बजेटबाट उपलब्धि के हासिल भए आगामि दिनमा सुधार गर्न सकिने कमीकमजोरिका बिषयमा ब्यापक छलफल गरिएको थियो । छलफल कार्यक्रममा बोल्दै जिल्ला विकास समिती अछामका सामाजिक विकास अधिकृत खडक विष्टले जिविसबाट विकास निर्माण र लक्षित वर्गको क्षेत्रमा विनियोजित ९० प्रतिशत रकम सबै खर्च भएको जानकारी दिनु भयो । आर्थिक वर्ष २०७२।०७३ को बजेटमा बाट थुप्रै उपलब्धी दखिएको बताउनु भयो । 

बिशेषगरि लक्षित वर्ग महिला, दलित, अपाँग, वालावालिका, जनजातिका, अल्पसख्यक लगाएतको क्षेत्रमा विनियोजित रुपमै उनिहरुकै क्षेत्रमै खर्च भएको जानकारी दिनु भयो । आगामि दिनमा यसको सहि सदुपयोगका लागि जिविस एक्लै अनुगमन गर्न नसक्ने भएकाले सबै सरोकारवालाले यसको खबरदारि गरिरहनु पर्नेमा जोड दिनु भयो । 

छलफल कार्यक्रममा बोल्दै नेपाली काग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुगाना, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सरिता उपाध्याय, नेकपा माओवादि केन्द्रका जिल्ला सदस्य दिपक रोकामगरले आगामि दिनमा जुन जुन क्षेत्रका लागि आएको बजेट हो त्यही क्षेत्रमा खर्च गरााउनका लागि नियमित खबरदारि गरिरहने प्रतिबद्धता जनाएका थिए । जिल्ला, क्षेत्र, ईलाका तथा गाबिस सम्म जाने बजेट सही सदुपयोगका लागि आफना आफना कार्यकर्तालाई निर्देशन दिने बताएका थिए । 

सार्वजनिक सुनुवाई कार्यक्रममा महिला क्षेत्रको अन्तरपार्टी महिला संञ्जाल अछामका अध्यक्ष सरस्वती रावल, अपाग उत्थान समुह अछामका अध्यक्ष जँग विक, दलित अधिकारकर्मि कम्मान नगार्जिले आफनो क्षेत्रमा विनियोजित बजेटको प्रभावकारिताको बारेमा जानकारी गराएका थिए ।  

मालिका बिकास संघको आयोजना, फियान नेपालको प्राविधिक सहयोग तथा जिल्ला विकास समितीको समन्वय र रेडियो रामारोशनको सहजिकरणमा भएको छलफल कार्यक्रमको सहजिकरण रेडियो रामारोशनका टेक बहादुर थापाले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक