मङ्सिर १६, दार्चुला | भारतीय सरकारले कालोधन खारेज गर्नको लागि भारतीय पाँच सय र एक हजारको नोट बन्द गरेपछि बेला बेला विभिन्न समस्या आईरहेका छन् । 

भारती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १६, दार्चुला | भारतीय सरकारले कालोधन खारेज गर्नको लागि भारतीय पाँच सय र एक हजारको नोट बन्द गरेपछि बेला बेला विभिन्न समस्या आईरहेका छन् । 

भारती"/>

2026-07-25 05:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतिय बजारमा नेपाली नोटको मूल्य घट्यो

मङ्सिर १६, दार्चुला | भारतीय सरकारले कालोधन खारेज गर्नको लागि भारतीय पाँच सय र एक हजारको नोट बन्द गरेपछि बेला बेला विभिन्न समस्या आईरहेका छन् । 

भारतीय पाँच सय र एकहजार रुपैँया बन्द भएको बेला ६ सय ४० रुपैयामा नेपाली एक हजारको नोट चलेपनि पछिल्लो एक साता पहिलेबाट व्यापारीहरुले नेपाली एकहजारको रुपैँया पाँच सय ८० भारुमा कारोबार गरिरहेका छन् ।

नेपाली एकहजारको भारु ६ सय ४० रुपैँया हुने भएपनि भारतीय बजार धारचुलामा ६ सय रुपैया भारुमा चल्दै आएको एक हजार नेपालीको रुपैँया हिजो आज पाँचसय ८० मा चल्ने गरेको भारतीय व्यापारी देबराज गव्र्यालले जानकारी दिनुभयो ।

उनका अनुसार सुरु-सुरुमा नेपाली रुपैँया चलाईएपनि अहिले ठुला व्यापारीहरुले नेपाली रुपैँया लिन नमान्ने र आफुहरुलाई सामान किन्न पनि समस्या हुँदा व्यापारीहरुले यसरी नेपाली एकहजारको रुपैँया चलाउने गरेका छन् । पैशा साट्ने ठाउँमा नेपाली एकहजारको पाँचसय ८० मा नै कारोबार भईरहेकाले आफुहरुले पनि त्यसै रेटमा कारोबार गर्ने गरेको गव्र्यालको भनाई छ ।

मोदि सरकारको पछिल्लो निर्णयले भारतिय बजारमा दैनिक ६० प्रतिशत व्यापार घटेको पनि व्यापारीहरुको भनाई छ । भारतीय सरकारले एक हप्तामा २४ हजार रुपैँया बैंक तथा एटिएमबाट साट्न थालेको भएपनि खुद्रा पैशा नपाइने भएपछि सबैतीर अझै परिस्थिति सामान्य भइसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक