2026-07-25 05:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजारिया हल्लाका कारण उपभोक्ताहरु महंगोमा चामल किन्न बाध्य

मंसिर १६, कालिकोट | खाध्य संस्थानबाट प्राप्त हुने चामल राम्रो हुदैन भन्दै उपभोक्ता माफ पारिएको नराम्रो हल्लाका कारण खाध्य संस्थानबाट चामल वितरणमा कमी आएको खाध्य संस्थान कालिकोटका प्रमुख अनिल कुमार श्रेष्ठले बताउनु भएको छ ।

खाध्य संस्थानमा पाईने चामलको गुणस्तरीयता थाहै नपाई बजारीया हल्लाका कारण उपभोक्ताहरु महंगोमा बजारकै चामल किन्न बाध्य रहेको भन्दै यस्तो कुरा बताउनु भएको हो । खाध्य संस्थानले वितरण गर्ने चामल नेपालमै उत्पादित धान खरिद गरी त्यसको गुणस्तरीयता परिक्षण सहित आफ्नै चामल कारखानाबाट प्रशोधन गरेर नेपालका सबै संस्थानहरु मार्फत बिक्रि वितरण गरिरहेको छ तर बजारमा पौष्टिक तत्वह्रास भएको पालिसवाला पुरानो भारतको चामल बढी भित्रिएकाले पनि हाल खाध्य संस्थानबाट कमै मात्रामा चामल विक्री वितरण हुने गरेको खाध्य संस्थान प्रमुख श्रेष्ठले जनाकारी दिनु भएको छ ।

विगतका बर्षहरुमा खाध्य संस्थानबाट चामल विक्रि वितरण गर्दा कर्मचारीलाई चामल लिनेको भीड व्यवस्थापन गर्न हम्मे हम्मे हुनुका साथै चामल पाउनकै लागि जिल्लाका नेताको भनसुन तथा प्रमुख जिल्ला अधिकारीको सिफारिस लिएर खाद्य संस्थानमा भीड लाग्ने गथ्यो तर हाल दिनमा दैनिक ७÷८ क्वीन्टलमात्र चामल खपत हुने गरेको छ । नेपाल सरकारले कर्नाली क्षेत्रका बासिन्दालाई वितरण हुने चामलको मुख्य घटाउने निर्णय अनुसार चामलको भाउ घटेको बताउनु भएको छ । खाध्य संस्थानबाट उपलब्ध हुने चामलमा हाल बंगलादेशी उसिना मोटा चामल प्रति केजी ३० रुपैया, अरुवा मोटा चामल प्रतिकेजी ३७ रुपैया र जिरा मसिनो चामल प्रति केजी ६५ रुपैयामा उपलब्ध हुदै आएको श्रेष्ठले बताउनु भएको छ । हाल जिल्ला सदरमुकाम मान्ममा रहेको डिपोमा वंगलादेशी उसिना मोटा चामल २ हजार ५ सय क्वीन्टल, अरुवामोटा चामल ८ सय क्वीन्टल र जिरा मसिनो चामल ६३ क्वीन्टल रहेको खाध्य संस्थानले जानकारी दिएको छ । जिल्लामा खाध्य संस्थानले हाल ३ वटा डिपो संचालन गरी चामल विक्रि वितरण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक