कृष्ण कँडेल | पुस १, बागलुङ | संविधान संसोधन विधेयकमा प्रदेश नम्बर–५ लाई टुक्राईएको विरोधमा भईरहेको आन्दोलनका कारण राष्ट्रिय गौरबको आयोजना सालझण्डी–ढोरपाटन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल | पुस १, बागलुङ | संविधान संसोधन विधेयकमा प्रदेश नम्बर–५ लाई टुक्राईएको विरोधमा भईरहेको आन्दोलनका कारण राष्ट्रिय गौरबको आयोजना सालझण्डी–ढोरपाटन"/>

2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लगातारको आन्दोलनले सालझण्डी–ढोरपाटन सडकको काम ठप्प


कृष्ण कँडेल | पुस १, बागलुङ | संविधान संसोधन विधेयकमा प्रदेश नम्बर–५ लाई टुक्राईएको विरोधमा भईरहेको आन्दोलनका कारण राष्ट्रिय गौरबको आयोजना सालझण्डी–ढोरपाटन सडक निर्माको काम ठप्प भएको छ । 

गत बर्ष भुकम्प तथा नाकावन्दीकाले प्रभावित भएको काम बर्षा र चाडपर्व सकिएपछि भर्खर सुरु भएको थियो । ‘हिउँदको समय विकास आयोजनाको काम गर्ने उपयुक्त सिजन हो, अधिकांश काम यहि अबधिमा हुनेगर्छ ।’ सालझण्डी–अर्घाखाँचि–ढोरपाटन सडक आयोजनाका प्रमुख सुरेश पौडेलले भने, ‘निर्माण व्यवसायी साईटमा आएर सडकको काम नियमित गरिहेको बेला भएको बन्दले तोकिएको लक्ष्य पुरा गर्न बाधा पर्ने भयो ।’  

आन्दोलनका कारण रुपन्देही, अर्घाखाँचि, पाल्पा र गुल्मी जिल्लामा पर्ने सडक खण्डको काम पुरै रोकिएको पौडेलले बताए । रुपन्देहिको सालझण्डीदेखि बागलुङ दर्लिङ गंगरेसम्मको १ सय ५ किलोमिटर सडक खण्ड डबल लेनमा चौडा गरि ग्राबेल गर्ने, टेवा पर्खाल लगाउने, नाली तथा पुल निर्माण गर्ने काम तिब्र रुपमा भईरहेको थियो । यो खण्डलाई ४ भागमा बाँडेर स्तरबृद्धि भईरहेकोमा चालु आर्थिक बर्ष भित्र १० मिटर चौडा सहित ग्राबेल गरि कच्चि नाली बनाउने लक्ष्य छ । 

गंगरेदेखि राजकुत हुदै देविस्थान सम्मको सडक स्तर बृद्धिका लागि डेण्डर आह्वान भएको छ भने बुर्तिबाङ ढोरपाटन खण्डको १० किलोमिटर सडक चालु आब भित्रै स्तरिकरण गर्न ठेक्का सम्झौता भईसकेको छ । अहिले भईरहेको काम गत बर्ष नै ठेक्का सम्झौता भई नसकिएको काम हो । यो सडकमा चालु बर्षका लागि २२ करोड बजेट रहेको र यो बजेटको काममा अपेक्षा अनुसार प्रगती भए पाँच करोड बजेट थप्न सकिने आयोजनाले जनाएको छ । 

आर्थिक बर्ष २०६६÷६७ देखि सुरु भएको १ सय ९० मिटर सडकको ६९/७० मा ट्रयाक खोल्ने कार्य पुरा  भएको थियो । गत आर्थिक बर्षमा तयार गरिएको सरकारको ५ बर्षे सडक गुरुयोजनामा यो सडकलाई पनि ५ बर्षभित्र कालोपत्रेका लागि पुर्वाधार तयारीको काम पुरा गर्ने लक्ष्य छ । नेपालको दक्षिणदेखि उत्तरसम्म फैलिने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकले पर्यटकिय क्षेत्र लुम्बिनी र ढोरपाटनलाई जोड्ने उदेश्य राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई