मंसिर २, परासी । नवलपरासीको सनवलमा संचालित तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेलामा किसानहरुको उत्पादनलाई विषेश महत्व दिईएको छ । नवलपरासी जिल्लाको पहाड, मद्येश र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर २, परासी । नवलपरासीको सनवलमा संचालित तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेलामा किसानहरुको उत्पादनलाई विषेश महत्व दिईएको छ । नवलपरासी जिल्लाको पहाड, मद्येश र"/>

2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासी मेलाको आकर्षण डुङ्गा सफारी देखि उँट प्रदर्शनी

मंसिर २, परासी । नवलपरासीको सनवलमा संचालित तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेलामा किसानहरुको उत्पादनलाई विषेश महत्व दिईएको छ । नवलपरासी जिल्लाको पहाड, मद्येश र तराईमा क्षेत्रमा उत्पादन भएका विभिन्न प्रकारका फलफुल तथा तरकारीजन्य उत्पादनहरुलाई मेलामा प्रर्दशन गरीएको छ । मेलामा जिल्लाका १ सय ६६ वटा ब्यवसायिक किसानहरुले उत्पादन गरेका कृषीजन्य उत्पादनहरु प्रदर्शनमा राखिएको छ । त्यस्ैत मेलामा किसानहरुलाई नै लक्षीतगरी माटो परिक्षणका लागि कृषि कार्यालय काठमाण्डौंवाट माटो परिक्षण गर्ने मेसिन ल्याईएको छ भने गोबर परिक्षण मेसिन र दुग्ध दुहने मेसिन समेतको प्रर्दनी गरिएको छ ।

मेलामा कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचनाको वृहद प्रर्दशी गर्ने उद्देश्यले आयोजित मेलामा दिनहुँ हजारभन्दा बढि कृषकहरुले कृषिका लाग प्रामर्श लिन आउने गरेको कृषि उप समितिका संयोजक गोपाल पाण्डेयले जानकारी दिए । कृषि स्टलमा विभिन्न फलफुल, तरकारी, पानीबाट चल्ने जातो, बौलकोल्हुद्धारा उखु पेल्ने मेसिन, माछोपोखरी, र विभिन्न कृषि यन्त्रहरुको प्रर्दशनी गरिएको छ । 

सांस्कृतिकले मेला थप आकर्षक

जिल्लाको सुनवलमा जारी मेलामा विभिन्न आधुनिक लोक गायकहरुले दर्शकहरुलाई मनोरन्जन गरेका छन् । सांस्कृतिक मन्चमा विभिन्न कलाकारहरुको बजोड प्रस्तुतीले दर्शकहरु रमाउने गरेका छन् । मेलाको स्टल घुम्ने, बाल उद्यानमा रमाउने र डुङ्गा सफारी गरेपछिको थकान सांस्कृतिक मन्चले मेटने गरेको दर्शकहरुले जानकारी दिए । सांस्कृतिक कार्यक्रम ले मेला थप आकर्षण भएको दर्शहरुले प्रतिक्रया दिए ।

मेलामा डुङ्गा दर्शकको आकर्षण केन्द्र


मेलामा डुङ्गा दर्शकहरुलाई आकर्षण गरेको छ । डुङ्गा मेलामा विशेष आकर्षणको रुपमा लिइएको छ ।  मेला स्थलको उत्तरतर्फ खोलामै कृति पोखरी बनाई २ वटा डुङ्गा संचालन गरिएको छ । पोखरीको आकर्षणका लागि पोखरीमा सयांैको संख्यामा हाँसहरु छोडिए छ । दिनहुँ ५ सयभन्दा बढि दर्शकहरुले डुङ्गा सफारी गर्ने गरेको मेला मुल समितिका संयोजक तथा उद्योग वाण्ज्यि संघका अध्यक्ष भिम बहादुर थापाले जानकारी दिनु भयो । कृतिम पोरीमा डुङ्गा भएपनि प्राकृति डुङ्गा सफारीको अनुभुती हुने गरेको दर्शहरुले बताए । मेलामा आउने अधिकांश दर्शकहरु डुङ्गा सफारी गर्ने गरेका छन् जसमध्ये बढि युवा तथा बालबालिका हुन्छन् ।

मेलाका आकर्षणहरु


संचालित मेलामा भगवान गौतम बुद्धको आमा मायदेवी मन्दिर आकृतिको मुख्य प्रवेश द्धार, डुङ्गा सफारी, हेलिकप्टर सयर, सांस्कृतिक, बाल उद्यान र उँट विशेष आकर्षणको रुपमा रहेको छ । शान्ति समृद्ध उद्योग र व्यापार राष्ट् निमार्णको बलियो आधार मुल नाराका साथ आयोजित मेलामा कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गर्ने उद्देश्य रहेको मेला प्रवक्ता तथा संघका महासचिव गिरीराज पाण्डेयले जानकारी दिनु भयो ।

मेलामा राखिएका २ सय स्टलहरुमा  घरेलु उत्पादनका सामाग्री, छालाका जुत्ताचप्पल, कृषी उपज, जडिबुटी, औधोगिक मेशेनरी, तथा उपकरण, अटोमोबाईल्स, इलेक्ट्रोनिक्स, मोवाइल, सूचना प्रविधि, फर्निचर, तयारी पोसाक, लघु उद्यमका उत्पादन समेतका सामाग्रीहरु राखि प्रदर्शनी गरिएको छ भने जिल्ला महत्वपुर्ण धार्मिक स्थलहरुको श्रब्य दृश्य वृत्तचित्र मार्फत प्रस्तुतीकरण भैरहेको संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो ।

सम्रग जिल्लाको आर्थिक तथा सामाजिक विकासका लागि कृषि तथा लघु उद्यमका उपजहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रि बजारसम्म व्यापक प्रचार प्रसार गराउदै शिक्षा, स्वास्थय र सुचनाको प्रविधिलाई समेत प्रवद्र्धन संघले लक्ष्य बोकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो