पुस १०, काठमाडौं | आफूले जन्माएको सन्तानले मर्ने बेलामा आफैलाई पिडा दिँदा वा आफ्नो अथाह सम्पत्ति हुँदाहुँदै पनि बिभिन्न कारण बृद्धाश्रममा जानुपर्ने बाध्यता पछिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, काठमाडौं | आफूले जन्माएको सन्तानले मर्ने बेलामा आफैलाई पिडा दिँदा वा आफ्नो अथाह सम्पत्ति हुँदाहुँदै पनि बिभिन्न कारण बृद्धाश्रममा जानुपर्ने बाध्यता पछिल्"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब पैत्रिक सम्पति छ भनेर ढुक्क नहुनुस !

१० पुष २०७३, आईतवार ०३:२४

पुस १०, काठमाडौं | आफूले जन्माएको सन्तानले मर्ने बेलामा आफैलाई पिडा दिँदा वा आफ्नो अथाह सम्पत्ति हुँदाहुँदै पनि बिभिन्न कारण बृद्धाश्रममा जानुपर्ने बाध्यता पछिल्लो समय निकै मौलाएको छ । राज्यको कानूनी ब्यबस्था नफेरिंदा बृद्ध-बृद्धाको अवस्था निकै दयनिय बन्दै गईरहेको परिस्थितिमा राज्यले कानूनी परिमार्जन गरि उक्त समस्यालाई धेरै हदसम्म नियन्त्रणमा राख्ने प्रयास गरेको छ । 

यसअघि बंश भएकै आधारमा सन्तानले स्वत: अंशको हक पाउने कानूनि ब्यबस्था थियो तर अब भने अंश दिनैपर्ने भन्ने कानूनी ब्यबस्था हटाउने तयारी छ । यसो हुँदा बाबुआमाको अंश सन्तानले वा उसको हकदारले नै पाउनुपर्छ भन्ने अवस्था हट्ने भएको छ । अब आफ्नो सम्पति मर्नु अघि अंशधनीले आफूले चाहेको व्यक्तिको नाममा पनि गरिदिन सक्ने ब्यबस्था आउनेछ । नयाँ ब्यबस्था अनुसार अब सदनमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापनले सम्पत्ति हस्तान्तरण व्यक्तिको इच्छापत्रअनुसार हुने कानुनी बाटो तय गर्नेछ । तर यो व्यवस्था कार्यान्वयनका

लागि भने अझै दुई दशक जति प्रतीक्षा गर्नुपर्ने हुन्छ । सदनमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी विधेयकमाथिको दफावार छलफल पछी विधायन समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनका आधारमा भावी पुस्तालाई पैत्रिक सम्पत्तिको आसमा नअल्झाउने व्यवस्था निश्चित गरिएको हो । 

नयाँ ब्यबस्थामा १८ बर्षपछी अंशको हक लाग्ने कानुनि ब्यबस्थानै हटाईने छ । यसो गर्दा कोहि पनि आफ्नो अंशको आश गरेर बस्नेछैनन र आफ्नो लागि आफैले आर्जन गर्नेछन । नयाँ ब्यबस्थामा अंशधनीले आफ्नो अंश जो-सुकैलाई पनि दिन सक्नेछ । अहिले बिद्ध्य्मान ब्यबस्था हटाउँदा त्यसको फाइदा अंशधनीले प्रत्यक्ष लिने बिज्ञहरुको बुझाई छ । त्यसो त पैत्रिक सम्पतिको आशमा सन्तान वा कुनैपनि अंशियार बृद्ध/बृद्धाले उचित स्याहार पाउने विश्वास गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव