मोहम्मद ईजहार शेष । पुस १३, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविसमा निर्माणधिन रहेको झरही खोलको पुल समयमा निर्माण नहुँदा स्थानीयहरु सास्ती खेपेका छन् । ३ सालमा निर्माण कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष । पुस १३, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविसमा निर्माणधिन रहेको झरही खोलको पुल समयमा निर्माण नहुँदा स्थानीयहरु सास्ती खेपेका छन् । ३ सालमा निर्माण कार्"/>

2026-09-19 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको यो पुल सात बर्षमा पनि बनेन ( फोटो फिचर )

मोहम्मद ईजहार शेष । पुस १३, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविसमा निर्माणधिन रहेको झरही खोलको पुल समयमा निर्माण नहुँदा स्थानीयहरु सास्ती खेपेका छन् । ३ सालमा निर्माण कार्य सकिने भनिएको पुल सात सालमा पनि निर्माण सम्पन्न नहुदा सो क्षेत्रका मानिषहरुलाई नदि पार गर्न समस्या भएको छ ।

भुतहादेखि महेशपुर जोडने सडकखण्डमा पर्ने उक्त पुलको वि.स. २०६६ सालमा तत्कालिन भौतिक योजना तथा निर्माणमन्त्री एवं लोकतान्त्रिकका अध्यक्ष गच्छदारले उक्त पुलको सिलान्यास गर्नु भएको थियो । २५ मिटर लम्बाई र ७ मिटर चौडाई आकारको पुल निर्माणका लागि बिल्डर्स कन्सटक्सन कम्पनीलाई ७ करोड ८० लाख रुपैयामा ३ साल भित्र निर्माण सम्पन्न गर्ने  ठेक्का भएपनि निर्माण कार्य पुरा हुन नसकेको  सडक डिभिजन कार्यालय बुटवलका कर्मचारी राधेश्याम गौंडले बताउनु भयो । सुरुमा बिलडर्स कम्पनीलाई ठेक्का दिईएइको तर सो कम्पनिले काममा ढिलाई गरिरहेको भन्दै अहिले शितलचन्द्र कन्सट्रक्सन कम्पनी काठमाण्डौलाई अहिले ठेक्का लगाईएको उँहाले बताउनु भयो । सो कम्पनिले पनि कहिले भुकम्पको नाममा त कहिले नाकाबन्दी र बिभिन्न आम हडतालको नाममा बहानाबाजी गर्दै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएको छ । 

समयमा पुल निर्माण नहुँदा सो बाटो बाट यात्रा गर्ने यात्रुहरु समस्या पाएका छन् भने भुतहां महेशपुर सडकखण्डमा नियमित सवारीसाधन पनि सञ्चालन हुन नसकेको स्थानीय बदरुल हक खानले गुनासो गर्नुभया । सात साल बित्दा पनि पुलको अहिले ५०  प्रतिशत पनि काम पुरा नभएकाल पुल कहिले बन्ला भन्दै स्थानीयहरु दुखेसो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो