पढ्न करिब 6 मिनेट लाग्छ

पूर्णप्रसाद न्यौपाने,ओखलढुंगा

शिक्षा सभ्यता, संस्कृति, मानवता र विकासको धोतक हो । शिक्षाको मह हरेक संस्कृतिका हरेक उमेरका, हरेक धर्मका, हरेक जातका र हरेक भाषाका मानिसलाई उत्तिकै महत्वपूर्ण छ । शिक्षित र साक्षर मानिस आफ्नो जीवनलाई कसरी कुन ढंगले जीवनयापन गर्ने भन्ने पाठ सिकिरहेको हुन्छ । जसले गर्दा आफ्नो जीवनलाई सहज किसिमले अगाडि बढाउन मद्दत मिलेको हुन्छ । यसरी हाम्रो देश नेपालमा शिक्षा र साक्षरताको विषयमा प्रजातन्त्रको बेलादेखि नै विभिन्न विधि र प्रक्रिया अपनाइ शिक्षा दिने संरचनाको विकास गरिरहेको छ ।

चाहे औपचारिक, चाहे अनौपचारिक, चाहे अनियमित शिक्षा होस् शिक्षा दिने परम्पराको विकास गरिएको छ । जे जस्ता संरचना विकास भइरहेका छन् । तिनले शिक्षाको संख्यात्मक र गुणात्मक विकासमा केही हदसम्म सफलता प्राप्त गर्दै आइरहेका छन् । यहाँ औपचारिक शिक्षाको गुणस्तर र त्यसले व्यक्तिको सफल जीवनयापनमा कतिको सरलता थप्यो भन्ने कुराको मूल्याङ्कन समयले गर्ला तर आज अनौपचारिक शिक्षाको महत्व पनि वृद्धि भइरहेको अवस्था छ । व्यक्तिको ज्ञान, सीप र धारणालाई परिस्कृत बनाए उत्कृष्ट समाज सिर्जनाको लागि साक्षरता एक कोशेढुङ्गा सावित हुनसक्दछ । यसले समाजलाई उत्कृष्ट गन्तव्य दिने कुरामा दुई मत छैन । व्यक्ति शिक्षित र साक्षर हुनुपर्दछ तब मात्रै उत्कृष्ट र परिस्कृत समाजको सिर्जना हुनसक्दछ । यो विकास र एक्काइसौं शताब्दीको मार्ग चित्र हो । जसलाई हामीले समयमै सही ढङ्गले बुद्धिमानीपूर्वक पछ्याउनु जरुरी छ ।

शिक्षाको महत्व यति धेरै हुँदा पनि हाम्रो देशमा शिक्षाको साक्षरता प्रतिशत निकै कम छ । तर धेरै वर्ष अघि हामीले गर्दै आएको लगानी ओखलढुंगा जिल्लामा सफल भयो भन्ने आधार स्वरुप हाम्रो ओखलढुंगा जिल्ला देशको ३३ औँ जिल्लालाई रुपमा साक्षर जिल्ला घोषणा गरियो । यो हामी ओखलढुंगाबासीको लागि खुशीको विषय हो । जसले हामीलाई शिक्षित ओखलढुंगाी भनेर नयाँ परिचय दिने अवसर दिएको छ । हाम्रो ओखलढुंगाको शिक्षाको विकासमा गुणात्मक फड्को मार्नको लागि आधार देखाएको छ । तर हामीले आज जे कुरा गरेका छौं र हामी आज जुन वस्तुस्थिति र धरातलमा उभिएर साक्षर ओखलढुंगा घोषणा गरेका छौं

त्यसको आधिकारिकता र तथ्यप्रति सम्बन्धित निकायमा जानकारी छ कि छैन ? जुन साक्षर प्रतिशत कुरा हाम्रा दस्तावेजमा लिपिबद्ध गरिरहेका छौं ती तथ्यहरू कहाँ र कसरी आएका हुन, कुन विषय र परिस्थितिबाट आएका हुन् ? तिनको अधिकारिकताको परीक्षण गर्न सम्बन्धित निकायले कत्तिको तदारुकता देखायो भन्ने विषयमा पनि सबैको ध्यान जानु आवश्यक छ । साक्षर जिल्ला घोषणा गरिरहँदा गाँउमा ल्याप्चे लगाउन मात्रै अघि बढ्ने ठुलै संख्यामा रहेका नागरिकहरु छन् भन्ने हामीले किन सम्झन सकेनौँ ? प्रचार प्रसार भयो, संकलन गरिएको तथ्याङ्कका आधारमा साक्षर जिल्ला घोषणा गरियो तर हामीले भनेको जस्तो सरकारी तथ्याङ्कले देखाएको जस्तो ९९.०५ प्रतिशत १५ देखि ६० वर्ष उमेर समुहका नागरिक साक्षर भईसकेका हुन् या बाँकी छन् यो एउटा चासोको विषय बन्नु पर्छ र बाँकी रहेका निरक्षर र नवसाक्षरका लागि निरञ्तर कक्षाका कार्यक्रम संचालनमा जोड दिईनु पर्छ ।

ओखलढुंगा जिल्लामा निरक्षरता उन्मूलन गर्न नेपाल सरकारले र स्थानीय गैरसरकारी संस्थाले धेरै वर्ष अघिदेखि काम गर्दै आइरहेका थिए । यसमा माध्यमिक तह जनसंख्या विषयको पाठ्यक्रममा समेत निरक्षरता उन्मूलन गर्न सघाए वापत सम्बन्धित विद्यार्थीलाई एसएलसी परीक्षामा केही नम्बर दिने प्रावधान समेत राखियो । जसले गर्दा ओखलढुंगा जिल्लामा साक्षरता उन्मूलन गर्न केही मात्रामा प्रयासहरू भएका थिए । यहाँ प्रौढ कक्षा, साक्षरता कक्षा, अनौपचारिक शिक्षा, सञ्चालन गरियो जसले अहिले हामी गर्ने भनेको साक्षर ओखलढुंगाको घोषणालाई सघाउ पु¥याए । यहाँ त्यतिबेला गरेका कक्षा सञ्चालनको प्रभावकारिता कत्तिको भयो भन्ने सम्बन्धमा स्थानीय निकाय र सरोकारवाला यसमा गम्भीर भयो भएन, तर यथार्थता के हो भने विगतमा सञ्चालित यस्ता साक्षरता कक्षाहरूमा पढाउने कक्षाहरू झोलामा सीमित भए । त्यही झोलाबाट सम्बन्धित निकायलाई रिपोर्ट गरियो र सम्बन्धित ठाउँ साक्षर भएको देखाइयो । यसरी देखाइएको रिपोर्टबाट हामीले साक्षर ओखलढुंगा घोषणा गरेका छौं, यस विषयमा बहस गर्ने हो भने हामीसँग धेरै तथ्यहरु छन् । यदि त्यही रिपोर्ट हाम्रा निकायले आधिकारिक मानेका हुन् भने हाम्रो जिल्ला साक्षर घोषणा भएपनि धरातल कमजोर छ । यहाँ साक्षरताको अर्ग ल्याप्चे हटाउनेसँग मात्र सम्बन्धित राख्दा त्यसले जीवनभरी दिने फाइदा बारे पनि सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

म पेशाले पत्रकारिता गरिरहँदा जिल्लाका विभिन्न गाविसमा पुगेको छु । साक्षरताको प्रगती कति भएको छ भन्ने बुझेको छु । मलाई यो लेख लेख्दै गर्दा याद आयो म केहि महिना अघि खिजिकाती गाविस पुग्दा एक जना अग्रज महिला निरञ्तर लामो समय देखि सञ्चालन हुँदै आएका सबै प्रौढ (साक्षरता) कक्षामा जाने गरेको भन्ने सुनेपछि उहाँसँग मैले आफ्नो नाम लेख्न अनुरोध गरें उहाँले आफ्नो नाम केवलमायाँ सुनुवार त बल्ल तल्ल लेख्नुभयो । तर पछि मैले उहाँलाई दिदि ‘च’ कुन हो भनेर सोध्दा उहाँले ‘ञ’ लाई देखाउनु भयो । अनि मैले सोचें यस्तो सिकाई उपलब्धीले पनि साक्षर हुन्छन् र साक्षरको अर्थ त शिक्षासँग पो जोडिनुपर्छ त,नाम लेख्नु मात्रै साक्षर हुनु हो ? अँह होईन । यहाँ जति मानिसलाई साक्षर भनिएको छ ती मानिसहरू पनि माथि उल्लेखित दिदि जस्तै ‘च’ कुन हो भन्दा ‘ञ’ देखाउनेहरु कसरी साक्षर भए ? त्यसैले सरोकारवालाले यो बुझ्नु पर्दछ कि उनीहरू कखरा पनि जान्ने परिस्थितिमा छैनन् । केहि दिन अघि वेतीनीमा भएको एउटा कार्यक्रममा केहि सहभागिले हस्ताक्षर गर्न नजानेर ल्याप्चे लगाउनका लागि कालोमोसो खोज्दै गरेको भेटेँ अनि सम्झीएँ साक्षर जिल्ला घोषणा अभियान…………….. ।

यहाँ कखराको चित्रको साक्षरताले कति दीर्घकालीन फाइदा दिन्छ । त्यसको वास्तविकता पछि देख्न सक्ने हुन सक्दछ । भोलि कुनै दीर्घकालीन शिक्षाको अवसर आयो भने उनीहरूलाई फेरि ल्याप्चे लगाउनुपर्ने अवस्था आएमा हाम्रो शान, मान र परिचय हराउने खतरा छ । शिक्षा क्षेत्रमा यसरी भएको उपलब्धीलाई सरोकारवालाहरूले तत्कालको सस्तो लोकप्रियताको लागि प्रचारबाजी गर्दा भोलि शिक्षित र साक्षर ओखलढुंगाीको परिचय गुम्ने अवसर हामीले दिनु हुँदैन । यसको मतलब यो होइन कि हामीले साक्षर ओखलढुंगा घोषणा गरेर कुनै गल्ती गरेका छौँ । तर कुरा यो हो कि हाम्रा आधारहरूलाई एक चोटी राम्रोसँग चेक जाँच गरेर घोषणा गर्दा दीर्घकालीन फाइदा पुग्ने थियो,घोषणाका नाममा घोषणा मात्रै गरिएको हो भने यस्तो फोहोरी खेल बन्द गरेहुन्छ । यहाँको शिक्षाको रणनीतिक फाइदालाई भोलि नजर अन्दाज गर्न सकिने हुन्छ । यहाँ यही कुरालाई लिएर सरोकारवालाहरूले ठूलो नाम बनाउँदा पछि नराम्रो हुनसक्ने खतरा पनि सोच्न आवश्यक छ । यहाँ आफै साक्षर घोषणा गर्दा धरै ठूलो फाइदा हुन्छ भन्ने आधार पनि मजबुद छैन अहिले गर्न खोजिएको कार्य स्थानीयस्तरको शिक्षाको संरचनासँग तुलना गर्दा राम्रो हुन्छ । साक्षर जिल्ला घोषणामा देखिएको जुन उत्साह छ यसले सकारात्मक सन्देश दिएको छ । साक्षर जिल्लाको पत्रकार भन्न र बन्न पाउँदा व्यक्तीगत रुपमा म आफु पनि खुसी छु, भोलीका दिनमा पनि निरञ्तर शिक्षाका कार्यक्रमहरु सञ्चालन गरेर समुदायमा रहेका निरक्षर र नवसाक्षरलाई पूर्णसाक्षर बनाउन तर्फ सबैको ध्यान जाओस् त्यसका लागि हार्दिक शुभकामना ।