२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारण (कस्तो जग्गालाई कति ?)

२०७३, १९ पुष मंगलवार १४:०७


पुस १९, धादिङ | बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने बिभिन्न किसिमका जग्गाहरुको मूल्य वर्गीकरण तथा मुआब्जा तोकिएको छ । नयाँ निर्धारित मुआब्जा अनुसार आयोजनाले ओगट्ने क्षेत्र अन्तर्गत धादिङ जिल्लापट्टि  पर्ने बिभिन्न किसिमका जग्गाहरुको फरक-फरक मूल्य निर्धारण गरिएको हो । 

मुआब्जा निर्धारण समितिको मंगलबार बसेको बैठकले जग्गालाई ११ किसिममा वर्गीकरण गर्दै थोरै जग्गा हुनेलाई बढी फाइदा पुग्नेगरी मुआब्जाको निर्धारण गरिएको छ । समितिका अनुसार अहिले निर्धारित भएको मूल्यले थोरै जग्गा हुनेलाई प्रत्यक्ष फाइदा पुग्नेछ । यस अनुरुप ५ रोपनीभन्दा कम जग्गा हुनेले अब निर्धारित रकमभन्दा १५ प्रतिशत मूल्य पाउने भएका छन् । त्यस्तै १० रोपनीभन्दा कम जग्गा हुनेले १० प्रतिशत रकम थप पाउनेछन । १० रोपनी भन्दा बढी जग्गा हुनेले भने निर्धारित गरिएकै अनुसारको रकम पाउनेछन् । 

नयाँ निर्धारण अनुसार बाक्लो बस्ती र मूल सडकले छोएको जग्गालाई प्रतिरोपनी ८ लाख ३८ हजार मुआब्जा प्रदान गरिनेछ भने बारी-चाहारलाई ५ लाख २५ हजार रुपैयाँ प्रतिरोपनी मुआब्जा दिईनेछ । जसमा मूल सडकमा मात्रै जोडिएका जग्गालाई ८ लाख ४ हजार, सहायक मोटरबाटो पुगेका जमिनलाई ७ लाख ७३ हजार, अब्बल खेतलाई ७ लाख ४२ हजार, दोयमलाई ७ लाख ११ हजार, सिमका लागि ६ लाख ८० हजार, चाहारलाई ६ लाख ४९ हजार मुल्य तोकिएको छ । बारी अब्बल, दोयम र सिमलाई क्रमश ६ लाख १८ हजार, ५ लाख ८७ हजार र ५ लाख ५६ हजार मूल्य तोकिएको छ । जग्गा प्राप्ति ऐन २०३४ को दाफा १३ (३) बमोजिम बुढिगण्डकी आयोजनाका लागि जग्गा अधिग्रहण गर्ने निर्णय गरिएको समितिले जनाएको छ। 

सडकसँग जोडिएको कित्ताको हकमा नियमअनुसार लगत कट्टा गरी सकडकोबीच भागबाट दायाँबाँया ५० मिटरसम्मको लागि सडक आसपास मानेर मुआब्जा वितरण गरिनेछ ।

नयाँ निर्धारित मुआब्जा अनुसार बुढीगण्डकी जलविद्युत विकास समिति गठन भएपछि खरिद गरिएका जग्गाहरुले भने निर्धारित मूल्यमा पनि ३० प्रतिशत रकम कम पाउनेछन । 

आरुघाट र खहरे बजारको मूल्याङ्कन पछी गरिने

बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्र अन्तर्गत परेका आरुघाट र धादिङको खहरे बजार क्षेत्रको जग्गा मूल्याङ्कन भने अहिलेको बर्गिकरणमा समेटिएको छैन । समितिले खहरे र आरुघाट बजारको मूल्य अहिले गरिएको बर्गिकरणसँग नमिल्ने भएकाले विशेष टोली खटाएर सोको मुआब्जा निर्धारित गरिनेछ । 

पहिलो चरणमा तीन गाविसलाई मुआब्जा 

समितिले पहिलो चरणमा सलाङ, मैदी र खरी (तीन) गाविसका प्रभावितलाई मुआब्जा रकम बुझाइनेछ । तीन गाविसलाई तत्काल सार्वजनिक सुचना टास गरि मुआब्जा वितरण गरिनेछ भने बाँकी अन्य १० गाविसहरुको मुआब्जा वितरण दोश्रो चरणमा सुरु हुनेछ । मुआब्जाका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न सार्वजनिक सूचना टास हुने बताइएको छ । 

१२ सय मेगावाटको क्षेमता भएको यो आयोजना निर्माणको लागि २ खर्ब ६० अर्ब रुपयाँ लाग्ने अनुमान छ । यस आयोजनाबाट घरजग्गा सबै अधिग्रहणमा परेर करिब ३ हजार ५ सय ६० घरधुरी विस्थापित हुनेछन् भने आर्थिक रुपले ४ हजार ५ सय ५७ घरधुरी प्रभावित हुनेछन्। जसमा धादिङतर्फका २८ हजार ७५ रोपनी र गोरखा जिल्लातर्फ ३० हजार ७८ रोपनी जग्गाले मुआब्जा पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति