श्याम थापा/पुस २७, त्रिबेणी । गैरुरकारी संस्था ईन्द्रेणी सामजिक बिकास मञ्चको २७ औ बार्षिक साधारण सभा तथा ११ औ अधिवेशन संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/पुस २७, त्रिबेणी । गैरुरकारी संस्था ईन्द्रेणी सामजिक बिकास मञ्चको २७ औ बार्षिक साधारण सभा तथा ११ औ अधिवेशन संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ ।&n"/>

2026-09-19 02:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ईन्द्रेणीको २७औँ बार्षिक साधारण सभा सम्पन्न


श्याम थापा/पुस २७, त्रिबेणी । गैरुरकारी संस्था ईन्द्रेणी सामजिक बिकास मञ्चको २७ औ बार्षिक साधारण सभा तथा ११ औ अधिवेशन संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ । 

मञ्चका अध्यक्ष बालिन्द्र बिक्रम शाहीको अध्यक्षतामा र नवलपरासी क्षेत्र न.५ का माननिय सांसद बिक्रम खनालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथितीको रुपमा बौल्दै प्रमुख अतिथी खनालले गैरसरकारी संस्था भएपनि ईन्द्रेणीले सामजिक रुपान्तरणका लागी अग्रणी भुमीका खेलेको र यसका सदस्यहरुले मन बचन र कर्मका साथ सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनायनु पर्ने जोड दिनु भएको थियो । 

अर्को प्रसङ्गमा बौल्दै खनालले राजनितिक पार्टीको हट त्यागेर देश चुनावमा जाने निश्चित भएको हुदा लोकतन्त्र र सविधान कार्यन्वयनका लागी चुनावनै मेरुदण्ड भएकोले सबै दल र राजनितिक शत्तिलाई एक साथ लिएर चुनावमा होम्मीनु पर्ने बताउनु भयो । 

सो कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन संस्थाका अध्यक्ष बालिन्द्र बिक्रम शाहीले प्रस्तुत गर्नु भएको थियो सोही कार्यक्रममा संस्थाका प्रगती तथा अगामी कार्ययोजना संस्थाका सचिव एवम कार्यकारी निर्देशक बद्री प्रसाद सुबेदीले गर्नु भएको थियो भने आर्थिक तथा अनुमानित आय ब्यय प्रतिबेदन संस्थाका कोषाध्यक्ष होमराज कुवरले गर्नु भएको थियो । त्यसैगरि लेखा समितीको बार्षिक प्रतिबेदन लेखा सयोजक बल बाहादुर पौडेलले प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा संस्थापक सदस्य शम्भुलाल श्रेष्ठ,पुर्व अध्यक्ष बामदेव अधिकारी,पुर्व सचिव कुलदिप आचार्य लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सोही अवसरमा मञ्च द्धारा सञ्चालित संरक्षक स्वर्गिय खेमनारायण फौजदार अक्षयकोषबाट सामुदायिक बिधालयमा अध्यनरत उत्कृष्ट दुई जना छात्रा र छात्र क्रमश बुद्धराज चौधरी र सञ्जु चौधरीलाई नगद सहित सम्मान गरिएको र मञ्च द्धारा प्रर्बधक गरिएको सहकार्य बचत तथा क्रृण सहकारी संस्था लि.तिलकपुरलाई १ थान कम्युटर प्रदान गरिएको कार्यक्रममा उत्कृष्ट बाल सन्देश संकलन गरि राष्ट्रिय बाल सन्देश अवार्ड पाप्त कर्ता मञ्चका बालप्रायोजन अधिकृत दधिराम पौडेललाई माया चिनो प्रदान गरि सम्मान गरिएको थियो । 

मञ्चका उपाध्यक्ष लोमा वाग्लेको स्वागत मन्तब्य सगै सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका सचिव एवम कार्यकारी निर्देशक बद्रि प्रसाद सुबेदीले गर्नु भएको थियो । सोही अधिवेशनले अगामी २ बर्षका लागी नया नेतृत्व चयनका लागी सर्वसम्मतीको प्रयास भईरहेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो