कृष्ण कँडेल/माघ १८, बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रश्तावित ढोरपाटन नगरपालिका स्तरिय भेला सोमबार बुर्तिबाङमा सम्पन्न भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/माघ १८, बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रश्तावित ढोरपाटन नगरपालिका स्तरिय भेला सोमबार बुर्तिबाङमा सम्पन्न भएको छ । 

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको ढोरपाटन नगर अध्यक्षमा भण्डारी

२०७३, १८ माघ मंगलवार ०२:२५


कृष्ण कँडेल/माघ १८, बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रश्तावित ढोरपाटन नगरपालिका स्तरिय भेला सोमबार बुर्तिबाङमा सम्पन्न भएको छ । 

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य रतन मलेपतीले स्वाधिन अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय उद्योगि व्यापारी संगठित भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्वदेशी उत्पादनलाई प्रबद्र्धन गरेरमात्र राष्ट्रिय स्वाधिनता सहितको स्वाभिमान बचाउन सकिने भन्दै समृद्ध नेपाल निर्माण गर्न उद्योगि व्यवसायी जुट्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा संगठनका केन्द्रिय पार्षद राजबहादुर थापा, प्रदेश नम्बर–४ का सदस्य अर्जुन चोखाल र जिल्ला सहसंयोजक बाबु डियर हमालले जिल्ला भित्रका प्रश्तावित १० ओटै पालिकामा संगठन विस्तार गर्दै स्वाधिन अर्थतन्त्र निर्माणमा उद्योगि व्यवसायीलाई सहभागी गराउने अभियानमा लागेको बताउनुभयो । 

सो अवसरमा नेकपा एमालेका टंक पौडेल, माओवादी केन्द्रका तुल्सीराम आर्याल र राजेन्द्र कुँवर, नेकपा क्रान्तिकारी माओवादीका निलबहादुर पुन, निर्माण व्यवसायी थमप्रकाश पुन लगायतले मन्तव्य राख्नुभएको थियो । 

भेलाले चित्रबहादुर भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा चिन्तामणी सापकोटा, सचिवमा फारमबहादुर कुँवर, सहसचिवमा पुरन लामा र कोषाध्यक्ष लक्ष्मी बानियाँ रहनुभएको छ । 

सदस्यमा दलबहादुर भण्डारी, हेमप्रसाद विक, तेजेन्द्र केसी, जोगबहादुर विक, कृष्ण खरेल, भिम भण्डारी, जीतबहादुर कुँवर, दुर्गा पौडेल, ऋषिराम गौतम, रामप्रसाद ढकाल, होमबहादुर विक, सुवास विक, त्रिदेवि छन्त्याल, शुशिल परियार लगायत रहनुभएको छ । 

तुल्सीराम आर्यालको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । लक्ष्मी बानियाँको संयोजकत्वमा महिला उद्यामी समिति गठन भएको छ । भेला चित्र भण्डारीको अध्यक्षता, फारमबहादुर कुँवरको स्वागत मन्तव्य र चन्द्र अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला