माघ २१, जाजरकोट । बाजेको पालादेखि यहाँको लैखम गाउँका स्थानीयवासीले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा हुन सकेको छैन । 

जिल्लाको सक्ला–१"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१, जाजरकोट । बाजेको पालादेखि यहाँको लैखम गाउँका स्थानीयवासीले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा हुन सकेको छैन । 

जिल्लाको सक्ला–१"/>

2026-09-15 12:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लैखमको खानेपानी सपना कहिले पुरा हुने ?

माघ २१, जाजरकोट । बाजेको पालादेखि यहाँको लैखम गाउँका स्थानीयवासीले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा हुन सकेको छैन । 

जिल्लाको सक्ला–१,लैखम गाउँका दुईसयभन्दा बढी खत्री परिवारले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा नभएको स्थानीयवासी रमेश केसीले जानकारी दिनुभयो । 

प्रत्येक वर्ष योजना नमागेको कुनै परिषद् नै हुँदैन तर कहिले पनि यो योजनामा कसैको ध्यान नगएको उहाँले बताउनुभयो । बाजे र बाबाले मागेको योजना नातिको पालासम्म माग्दा पनि पूरा नहुँदा आफू निकै दुःखी भएको केसीले रासससँग पीडा सुनाउनुभयो । लैखम गाउँमा पानी ल्याउनका लागि स्थानीय नौपानी मूलबाट करिब चार किलोमिटर पाइप जडान गरेपछि मात्र स्थानीयवासीको गाउँमा पुग्ने उहाँको भनाइ छ । 

योजना माग्नका लागि गाउँलेबाट रकम उठाएर सिंहदरबार गएर मन्त्रीलाई भने पनि मागको सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । कुरा गर्दा ठिक्क पार्छन् तर कार्यान्वयन कहिले पनि नभएको स्थानीयवासी प्रेम केसीले पीडा सुनाउनुभयो । पानीको अभावमा यहाँका स्थानीयवासी घन्टाँै लगाएर खुल्लारुपमा बग्ने रिमखोलामा गएर मानिस र पशुचौपायासँगै पानी खाने गरेको केसीको भनाइ छ । 

“माथिल्लो गाउँका लागि २०५२ सालमा निर्माण गरिएको खानेपानीका धारामा अहिले पानी नै आउँदैन जहिले पनि उही पानीको पीडा, म अहिले ९० वर्षको भए, समाधान कहिले पनि हुँदैन”, स्थानीय वृद्ध मुक्तिसरा खत्रीले आक्रोशित हुँदै भन्नुभयो । हामीले खानेपानीका लागि धेरै पटक नेतालाई भनेपनि हाम्रा नातिको पालासम्म खानेपानी नपाएको कपाल फुलेकी मुक्तिसराले बताउनुभयो । 

यस ठाउँमा खानेपानी ल्याउनका लागि करिव रु ६० लाखभन्दा माथिको रकम भएमा मात्र सबै गाउँलेको बस्तीमा पानी पुग्ने देखिन्छ । सबै खत्री मात्र बस्ने यो गाउँमा अधिकांश स्थानीयवासी पशुपालन व्यवसाय गर्दै आएका छन् । पानीको अभावमा यहाँका किसानका जमिनमा एक मात्र बाली लगाउने गरिन्छ । 

सिँचाइ भएको भए वर्षमा दुई बाली लगाएर उत्पादन बढाउन सकिने सम्भावना रहेको यहाँका खत्रीले बताएका छन् । सिँचाइको अभावमा यहाँका किसानका जमिन हिउँदयाममा बाँझै हुने गरेका छन् । बर्खायाममा आकाशको पानीको भरमा मकैबाली लगाउने यहाँका खत्री बर्सेनि आकाशकै पानीको भरमा खेती गर्दै आएको बताउँछन् । 

छिमेकी गाउँमा सिँचाइ गरी जमिनभरि हरियो बनाई वर्षमा दुई बाली लगाएको र आफ्नो जमिन बाँझै देख्दा मन रुने गरेको यहाँका किसानको भनाइ छ । बोकेर ल्याएको पानीले शौचालयसमेत प्रयोग गर्न निकै समस्या भएको छ । 

खानेपानी नहुने लैखम गाउँमा शौचालयमा कसरी पानी पु¥याउन सकिन्छ ? स्थानीय शिक्षिका भावना वली खत्रीले प्रश्न गर्नुुभयो । विद्यालयमा समेत खानेपानी नभएका कारण विद्यार्थीलाई समस्या हुँदै आएको छ । घरबाट बोतलमा बोकेर ल्याएको पानीले सबैलाई पु¥याउन नसकिने हुन्छ, एकसयभन्दा वढी विद्यार्थी पानीको अभावले हैरान हुने गरेको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ