१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खलाखेतमा १५ शैयाको सामुदायिक अस्पतालको शिलान्यास

२७ माघ २०७३, बिहीबार ०४:५६

नन्द बहादुर रोकाया | माघ २७, मुगु | मुगु जिल्लाको पश्चिम खत्याड भेगको गम्था गाविस वडा नं ४ खलाखेतमा  १५ शैयाको सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । मुगु जिल्लाको गम्था गाविस वडा नं ४ खलाखेतमा ओम रारा हेल्थ फाउण्डेशन नामक सामुदायिक अस्पतालको भवन निमार्णका लागी स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गले  शिलान्यास गर्नु भएको हो । 

सिलान्यास कार्यक्रमलाई सम्बोधन गदै मन्त्री गुरुङ्गले जबसम्म राज्यका जनता स्वस्थ हुदैनन तवसम्म राज्य सबल हुदैन जनता स्वस्थ राख्न राज्यले सुलव स्वस्थ्य सेवा,सहज सरकारी सेवा,स्वच्छ खानेपानी,शिक्षा,संचार र यातायात को व्यवस्था गर्नु पने बताउनुभयो । प्रथमिकताका साथ सामुदायिक अस्पताल निमार्णका लागी सरकारले सहयोग गर्नु पनि सबल,सक्षम राज्य बनाउन गएिको  एक प्रयास रहेको मन्त्री गुरुङ्गको भनाई छ । १५ शैयाको सेवा दिने गरि निमार्ण हुन लागेको यो अस्पतालका लागी स्वास्थ्य मन्त्रालयले १ करोड अनुदान र समुदायले ५८ लाख रकम व्यहोरेर ठेक्का काम हुने भएको छ । अस्पताल निमार्णका लागी रकम जुटाउन २०७१ साल भाद्र १५ देखि २३ गतेसम्म ओम रारा फाउण्डेशनले काठमाडौमा महायज्ञको लगाएको थियो । महायज्ञको तत्कालिन उपराष्टपति परमानन्द झाले उद्घाटन गर्नु भएको थियो भने ९ दिनसम्म चलेको महायज्ञबाट २४ लाख ६ हजार ४२ रुपयाँ दानचन्दा बाट संकलन भएको र २६ लाख ५१ हजार १ सय रुपयाँ विभिन्न संघ सस्था र व्यक्तिहरुले सहयोग गर्ने बचनबद्घता गरेको फाउण्डेसनका अध्यक्ष खड्क बहादुर शाहीले बताउनु भयो । 

महायज्ञ ताका सामुदायिक अस्पताल बन्नेमा धेरैले शंका गरेर चन्दा नदिएर उधारो टिपाए अब यथार्थमा शिलान्यास समेत गरेर अस्पताल भवन समेत बन्न लागेकाले उद्यारो टिपाउने विशिष्ट व्यक्ति तथा संघ सस्थाहरुले आफनो कबुल अनुसारको रकम दिने पनि विश्वास व्यक्त गर्नु भयो । सोचे जस्तो चन्दा दान नउठेपछि फाउण्डेसनले ललितपुर स्थित गतिशिल सहकारीबाट २० लाख ऋण लिएर महायज्ञको खर्च व्यहोरेको थियो । महायज्ञमा ४६ लाख २१ हजार खर्च भएको पनि फाउण्डेसनले जनाएको छ । अस्पताल निमार्णले सामान्य सिटामोल लिन र उपचार गर्न पनि दुई तिन दिन हिडेर वा महगो खर्च गरेर सुविधा सम्पन्न ठाँउ र जिल्ला अस्पताल जानु पर्ने बाध्यताबाट विकट मुगु जिल्लाका खत्याड भेगका जनता मुक्त हुने विश्वास व्यक्त गरिएको छ । 

अस्पताल संचालन भएमा मुगुका पश्चिम भेग खत्याड मात्र नभएर बाजुरा जिल्लाका चार गाविस र हुम्ला जिल्लामा चार गाविसका जनताले समेत सहज स्वास्थ्य सेवा पाउने फाउण्डेसनका अध्यक्ष शाहीको भनाई  छ  । बुधबार शिलान्यास गरिएको ९ कोठे अस्पताल भवन १ बर्ष भित्रमा निमार्ण सम्पन्न भैसक्ने ओम रारा हेल्थ फाउण्डेसनले जनाएको छ । भवनको शिलान्यास आज स्वास्थ्य राज्य मन्त्रीले विधीवत रुपमा गरेपनि एक बर्ष यताबाट उक्त क्षेत्रमा फाउण्डेसनले ५ शैयाको सुविधा दिएर अस्पताल चलाई रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल