२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेह्रवटा मिनी पावर टिलर वितरण

२०७३, १ चैत्र मंगलवार ०३:२९

चैत १, इलाम । जिल्ला कृषि विकास कार्यालय इलामले सोमबार जिल्लाका विभिन्न क्षेत्रका सहकारी र कृषक समूहलाई यो वर्ष १३ वटा मिनीपावर टिलर वितरण गरेको छ । 

कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रमअनुसार विभिन्न समूह र सहकारीलाई यस्तो सहायता उपलब्ध गराएको कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्लेले जानकारी दिनुभयो । 

किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन विगत सालदेखि जिल्ला कृषि विकास कार्यालयले जिल्लाभर हालसम्म ७२ वटा मिनी पावर टिलर उपलब्ध गराइसकेको कार्यालयका प्रास उद्धव पौडेलले जानकारी दिनुभयो । यो वर्ष ११ हर्सपावर क्षमताका पावर टिलर श्रेष्ठ एग्री इन्पुट्स काठमाडौँबाट खरिद गरिएको कार्यालयले जनाएको छ । 

एउटा पावर टिलरको करिब रु ८४ हजार लागत रहेको र उक्त लागतको ५० प्रतिशत समूह र सहकारीले व्यहोरेका थिए । जिल्लाका किसानमा खेतबारी जोत्नका लागि यस किसिमका मिनी पावर टिलरको आकर्षण बढ्न थालेको छ । समूह र सहकारीले मिनी टिलर सञ्चालन गरी किसानलाई सेवा दिएर आन्तरिक आयआर्जनसमेत गर्ने गरेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु