जलजला गाउँपालिकाका नागरीक आन्दोलन आयोगले राखेको केन्द्र अमान्य भएको भन्दै आन्दोलनमा होमिएका छन् । अनुकुल र सुरक्षित भुवनोट, बस्ती विकासको सम्भावना, पुर्वाधारको उपलब्धता र प्रशासनीक सुगमताका आधारमा मिलनचोकलाई केन्द्र कायम गर्नुपर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जलजला गाउँपालिकाका नागरीक आन्दोलन आयोगले राखेको केन्द्र अमान्य भएको भन्दै आन्दोलनमा होमिएका छन् । अनुकुल र सुरक्षित भुवनोट, बस्ती विकासको सम्भावना, पुर्वाधारको उपलब्धता र प्रशासनीक सुगमताका आधारमा मिलनचोकलाई केन्द्र कायम गर्नुपर"/>
५ कार्तिक २०८१, सोमबार
अर्थ/विकास

स्थानीय तहमा किचलो शुरु – यसरी परिर्वतन गर्न स्थानीय तहको केन्द्र

४ चैत्र २०७३, शुक्रबार ०३:४७

जलजला गाउँपालिकाका नागरीक आन्दोलन आयोगले राखेको केन्द्र अमान्य भएको भन्दै आन्दोलनमा होमिएका छन् । अनुकुल र सुरक्षित भुवनोट, बस्ती विकासको सम्भावना, पुर्वाधारको उपलब्धता र प्रशासनीक सुगमताका आधारमा मिलनचोकलाई केन्द्र कायम गर्नुपर्ने माग राख्दै जलजला गाउँपालिका स्थानीय बासी आन्दोलित बनेका हुन् । स्थानीय तह पुनसंरचना आयोगले जलजला गाउँपालिकाको केन्द्र मल्लाजमा कायम गरेको र उक्त केन्द्र पायक नपर्ने भएको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन् ।

उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र मिलनचोक क्षेत्रमा कायम गर्नुपर्ने माग गर्दै माझफाँटका केही वडा, धाईरीङ, शालीजा, नाग्लीवाङ र बनौका बासिन्दाले विहिबार कुश्मामा आन्दोलन गर्दे त्यसको तत्तकाल कार्यन्वयन गर्नभन्दै आन्दोलन चर्काएका हुन् । 

मल्लाज अपायक पर्ने र सेवा सुबिधा लिन जान असुबिधा हुने भन्दै गाउँपालिकाको केन्द्र उद्घाटनका लागि मल्लाज आउने टोलीलाई लक्षित गरेर स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन् । आजको सहारान्यूज दैनिकमा खबर छ ।

उक्त क्षेत्रका बासीन्दाले विहिबार जिल्लामा कालो झण्डासहित ¥याली निकालेर केन्द्रको विरोध गरेका छन् । जलजला गाउँपालिकाको  केन्द्र उद्घाटन गर्नको लागि कोहि उक्त क्षेत्रमा प्रवेश गरे आफूहरुले त्यसै नछा्ड्ने भन्दै आन्दोलनकारीले नाराबाजी सहित जिल्ला समन्वय समितिको कार्यालय अगाडि धर्नामा बसेका थिए ।

उनीहरुले जलजला गाउँपालिकाको केन्द्र मिलनचोक राख्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद मरासिनीको ध्यानाकर्षण गराएका छन् ।  साविक धाईरीङ, बनौ, शालीजा, नाग्लीवाङका प्रतिनिधिको टोलीले जिल्ला समन्वय समिति र प्रशासन कार्यालयमा माग सम्बोधनको विषयमा ज्ञापनपत्र समेत बुझाएको छ ।

जलजला गाउँपालिकामा बार्सखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, बनौ र नाग्लीवाङ गाविस समावेश गरिएको छ । आन्दोलनकारीले मिलनचोक, लुङ्दी, पर्वत बेनी क्षेत्रमा केन्द्र बनाउन माग गरेका छन् । मिलनचोकनै केन्द्र हुनुपर्ने साविकको माझफाँट गाविसका पर्वत बेनी,लुङदी र खोलाखेतका वासीन्दाको समेत माग रहेको छ ।

जलजला गाउँपालिका धाइरिङका दिपक आचार्यले मिलनकेन्द्र बाहेक अरु केन्द्र उत्तम नहुने बताए । उनले मल्लाजमा केन्द्र कायम गर्दा अन्य वडाका बासिन्दालाई असुविधा हुने भन्दै त्यसको चर्को विरोध भएको बताए ।

धाइरिङ ९ कै राजुप्रसाद शर्माले मिलनचोकमा केन्द्र राख्ने सहमति भएता पनि व्यक्ति र शक्तिको आडमा केन्द्र परिर्वतन गरीएको भन्दै त्यसको चर्को विरोध गरे । उनले केन्द्र बनाउँदा जिपिआरएस अनुसार मध्यस्थानमा बनाउने वा सहमति अनुसारनै मिलनचोकमा बनाउने सहमति भएता पनि शक्तिको भरमा केन्द्र परिर्वतन गरिएको भन्दै आफूहरुलाई अमान्य भएको बताए ।

प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनीले आवश्यक पहल गर्ने बताए । उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकेका गाउँपालिका अनुसार देशभर कतिपय ठाउँमा केन्द्र नमिलेको भन्दै त्यसको विरोध भैराखेको बताउँदै त्यसको बारेमा आवश्यक प्रक्रिया के छ त्यसको बारेमा स्थानिय विकास अधिकारीसँग समन्वय गरेर जानकारी गराउने बताए । उनले केन्द्रको धाराणा अनुसारनै आफूहरु अगाडि बढ्ने भन्दै त्यसको लागि केन्द्रमा खबर गर्ने बताए ।

यता मोदी गाउँपालिकाको साविक देउपुर गाविस भवनलाईनै केन्द्र बनाउने निर्णय भएता पनि त्यसमा किचलो देखिएको छ । आठ गाविसको केन्द्रविन्दु पातिचौरनै उपयुक्त हुनेभन्दै सोही अनुसार व्यवस्था गर्नको लागि माग गरेका छन् । देउपुरको गाविस भवनमा कार्यालय बनाउँदा चित्रे, तिलाहार, क्याङ,  राम्जा देउराली क्षेत्रका बासिन्दाहरुलाई असज हुने भन्दै पातिचौरमा केन्द्र कायम गर्नको लागि माग भएको छ । मोदीगाउँपालिका जिल्लाको भौगोलिक हिसाबले सवैभन्दा ठूलो गाउँपालिका समेत हो ।

यस्तै यता विहादी गाउापालिकामा पनि केन्द्रको विषयलाई लिएर किचलो शुरु भएको छ । संख्या तथा सिमा निर्धारण आयोगमा जिल्ला प्राविधिक समितिले पठाएको भन्दा फरक ठाउँमा केन्द्र सिफारिस भएपछि विहादी गाउँपालिकाका तीनओटा वडाले असहमति जनाएका हुन् । विहादी गाउँपालिका साविकको वडा नं. १ बाच्छा, वडा नं. २ बर्रार्चौर र वडा नं. ३ रानीपानीका स्थानीयवासीले केन्द्रको विरोधमा नैतिक असहमति जनाएका हुन् । बिहिबार गाउँपालिकाको उद्धाटनमा वडा नं. २ र ३ का बासिन्दाले असहमति पत्रमा हस्ताक्षर गरेका छन् भने वडा नं. १ का बासिन्दा अनुपस्थित भएका छन् ।

गठित प्राविधिक समितिले विहादी गाउँपालिकाको केन्द्रको रुपमा रानीपानी गाविसको कार्यालय (विहादी) र वहाकीठाँटी गाविसको आँपलयलाई गाउँपालिकाको केन्द्र सिफारिस गरेको प्राविधिक समितिका सदस्य प्रकाश लम्सालले जानकारी दिए । तर राजपत्रमा भने वहाकीठाँटी गाविसको कार्यालयलाई केन्द्र तोकिएको छ । 

आयोगले केन्द्रको गलत सिफारिस गरेपछि बाच्छा, बर्राचौर र रानीपानीका स्थानीयहरुले अपायक पर्ने भन्दै असहमति जनाएका हुन् । केन्द्रकै विरोधमा वडा नं. १, २ र ३ का स्थानीयहरुले लिखित सहमति गरेर प्राविधिक समितिले सिफारिस गरेको केन्द्रलाई आयोगले मान्यता दिनुपर्नेमा हस्ताक्षर गरेका छन् । अन्यथा अन्य उपाय अपनाईने पनि स्थानीयहरुको भनाई छ ।

सामान्य बहुमतबाटै हुन्छ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

सरकारले तोकेको स्थानीय तहको केन्द्र र नाम जनप्रतिनिधि निर्वा्चित भएपछि साधरण बहुमतबाटै परिवर्तन गर्न सकिने भएको छ ।स्थानीय तहका केन्द्र र नामांकनमा देखिएका विवाद निर्वा्चित जनप्रतिनिधि आएपछि अन्तिम टुंगो लगाउन सकिने व्यवस्था गरिएको सरकारको भनाइ छ । 

 गत २७ फागुनमा राजपत्रमा सूचना प्रकाशित गर्दै ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा ल्याएपछि मुलुकका विभिन्न स्थानमा खासगरी स्थानीय तहका केन्द्रका विषयमा विवाद र असन्तुष्टि देखिएको छ ।


विवादको सम्बोधन गर्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको केन्द्रको विवाद जनप्रतिनिधिहरूको साधारण बहुमतबाटै टुंगो लगाउन सकिने प्रस्ट पारेको हो । स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश २०७३ र स्थानीय तह प्रकाशित भएको नेपाल राजपत्रमा स्थानीय तहको केन्द्र वा नाम परिवर्तन गर्न सकिने सम्बन्धमा प्रस्ट उल्लेख गरिएको छ ।

स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश २०७३ को पहिलो बुँदामै स्थानीय तहको निर्वाचनपछि आउने जनप्रतिनिधिहरूको साधारण बहुमतका आधारमा गाउँपालिका या नगरपालिकाको केन्द्र वा नाम परिवर्तन गर्न सकिने उल्लेख छ । तर, यो व्यवस्था एकपटकका लागि मात्रै भएको मन्त्रालयको भनाइ छ ।

निर्वा्चित जनप्रतिनिधि बहाल भएको ६ महिनाभित्रमा गाउँ सभा वा नगर सभामा तत्काल कायम भएको सदस्यहरूको साधारण बहुमतबाट गाउँपालिका वा नगरपालिकाको केन्द्र परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने र सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी संशोधन गर्न सक्ने व्यवस्था रहेको हो ।

सरकारले गत २७ फागुनमा स्थानीय तह राजपत्रमा प्रकाशित गर्दा पनि यस विषय उल्लेख गरेको थियो । मन्त्रालयले जारी गरेको स्थानीय तह सञ्चालनसम्बन्धी ५१ बुँदे आदेशले थप प्रस्ट पार्दै स्थानीय तहको केन्द्र र नाम अस्थायी मात्रै भएको उल्लेख गरेको हो ।

‘कुनै गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र परिवर्तन गर्नुपरेमा सम्बन्धित गाउँपालिका वा नगरपालिकामा निर्वा्चित प्रतिनिधि बहाल भएपछि ६ महिनाभित्र गाउँ सभा वा नगर सभामा तत्काल कायम भएका सदस्य संख्याको सामान्य बहुमतको निर्णयबाट केन्द्र वा नाम परिवर्तन गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने र नेपाल सरकारले सिफारिस प्राप्त भएपछि नेपाल राजपत्रमा सूचना प्रकाशित गरी संशोधन गर्न सक्ने,’ आदेशको पहिलो बुँदामा भनिएको छ ।


सरकारले ५ देखि २१ वटा वडा भएको गाउँपालिका र ९ देखि ३५ वटा वडा भएको नगरपालिका कार्यान्वयनमा ल्याएको छ । पाँचवटा वडा भएको गाउँपालिकामा २७ जना प्रनिनिधि निर्वा्चित हुनेछन् भने १४ जनाले चाहेको खण्डमा गाउँपालिकाको केन्द्र र नामसमेत परिवर्तन हुने व्यवस्था गरिएको छ । 


स्थानीय तहको निर्वाचनबाट प्रत्येक वडामा ५ जना प्रतिनिधि निर्वा्चित हुनेछन् । केन्द्रमा अध्यक्ष, उपाध्यक्ष वा प्रमुख उप्रमुख रहनेछन् । हाल ७ सय ४४ स्थानीय तहमा जम्मा ६ हजार ६ सय ८० वटा वडा छन् । वडा अध्यक्ष, सदस्य र स्थानीय तहका अध्यक्ष उपाध्यक्ष वा प्रमुख र उपप्रमुख गरी देशभर कुल ३४ हजार ८ सय ८८ जना जनप्रतिनिधि निर्वा्चित हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप