कृष्ण कँडेल | बैसाख ४, बागलुङ | बागलुङको गलकोट क्षेत्रबाट रोजगारीको शिलशिलामा जापानमा रहेका प्रवाशीले रामेछापको भुकम्प प्रभावित विद्यालयमा भवन निर्माण सुरु गरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | बैसाख ४, बागलुङ | बागलुङको गलकोट क्षेत्रबाट रोजगारीको शिलशिलामा जापानमा रहेका प्रवाशीले रामेछापको भुकम्प प्रभावित विद्यालयमा भवन निर्माण सुरु गरेका"/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गलकोट समाज जापानले रामेछापमा विद्यालय भवन बनाउँदै

२०७४, ४ बैशाख सोमबार ०४:३०

कृष्ण कँडेल | बैसाख ४, बागलुङ | बागलुङको गलकोट क्षेत्रबाट रोजगारीको शिलशिलामा जापानमा रहेका प्रवाशीले रामेछापको भुकम्प प्रभावित विद्यालयमा भवन निर्माण सुरु गरेका छन् । 

गलकोटेहरुको संस्था गलकोट समाज जापानले २५ लाख रुपैयाँको लागतमा सुनपाति–१ गुन्सी, धारापानीको जागृत आधारभुत विद्यालयका लागि भवन निर्माण गरिदिन लागेको हो । सामाजिक उत्तरदायित्वको भावनाले आफ्नो देशमा सानो भएपनि केहि सहयोग गरौँ भन्ने उदेश्यले सहयोग जुटाएर जम्मा गरिएको रकमबाट विद्यालयको प्रावि भवन निर्माण गर्न लागिएको गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले जानकारी दिनुभयो । 

२०७२ साल बैसाख १२ गतेको भुकम्पबाट विद्यालयको भवन भत्किएपछि त्यहाँका बालालिकाले खुल्ला चउरमा बसेर पढ्नुपर्ने बाध्यता देखेर समाजले भावन निर्माण गर्न लागेको हो । विद्यालय भवनको गलकोट समाज जापनका अध्यक्ष नरबहादुर थापाले शिलान्यास गर्नुभएको छ । 

कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष दिलु खत्री, संरक्षक गोबिन्द श्रेष्ठ, सल्लाकार सन्त खत्री, सल्लाकार टंक गैरे र कृष्ण खत्री पनि उपस्थित हुनुहन्थ्यो ।   

निर्माण कार्य आगामी दशैँसम्म सम्पन्न गरिने निर्माण समितिका अध्यक्ष नवराज तामाङले जानकारी दिनुभयो । भवन निर्माणका लागि उहाँको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ । 

गलकोट समाज जापानले विभिन्न समयमा विद्यालय, स्वास्थ्य संस्थालाई आर्थिक सहयोग, गलकोटमा एम्बुलेन्स सञ्चालन, निशुल्क स्वास्थ्य शिविर सञ्चालन, भुकम्प पिडितलाई तथा कामको शिलाशिलामा विदेशमा ज्यान गुमाएकाहरुको परिवालाई सहयोग समेत गर्दै आएको पत्रकार भवानी पन्तले जानकारी दिनुभयो । 

नयाँ बर्ष २०१७ को अवसरमा जापानमा गरिएको सांगितिक कार्यक्रमबाट जुटेको रकमबाट समाजसेवाको काम सञ्चालन गरिएको गलकोट समाज जापानले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी