टेक शाही/जेठ १६, डोल्पा । डोल्पा जिल्लामा आर्थिक बर्ष २०७४/०७५ मा कुल १ अर्ब २३ करोड ७३ लाख ६१ हजार बजेट बिनियोजन भएको छ । 

२ नगरपालिका र ६ गाँउपालिका ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/जेठ १६, डोल्पा । डोल्पा जिल्लामा आर्थिक बर्ष २०७४/०७५ मा कुल १ अर्ब २३ करोड ७३ लाख ६१ हजार बजेट बिनियोजन भएको छ । 

२ नगरपालिका र ६ गाँउपालिका ग"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पाको लागि १ अर्ब २३ करोड ७३ लाख ६१ हजार बजेट बिनियोजित

२०७४, १६ जेष्ठ मंगलवार ०८:१४


टेक शाही/जेठ १६, डोल्पा । डोल्पा जिल्लामा आर्थिक बर्ष २०७४/०७५ मा कुल १ अर्ब २३ करोड ७३ लाख ६१ हजार बजेट बिनियोजन भएको छ । 

२ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटा स्थानिय तह रहेको डोल्पा जिल्लामा सरकारले सोमबार प्रस्तुत गरेको बजेट सिधै स्थानिय तहमा जाने भएको छ । सोमबार दिउसो सरकारका अर्थ मन्त्री कृष्ण बहादुर महराले ब्यवस्थापिका सँसदबाट प्रस्तुत गर्नु भएको बजेटमा डोल्पामा १ अर्ब २३ करोड बजेट बिनियोजित गरिएको राजपत्रमा समाबेश गरिएको छ । 

आर्थिक बर्ष २०७४/०७५ मा डोल्पा जिल्लाका ८ वटा स्थानिय तहमा बिनियोजित बजेट यस्तो रहेको छ । ठुली भेरि नगरपालिका बित्तिय समिकरण अन्तरगत १५ करोड सशर्त अनुदान ७ करोड २० लाख ७९ हजार गरि कुल २२ करोड २० लाख ७९ हजार,त्रिपूरा सुन्दरि नगरपालिका बित्तिय समिकरण अन्तरगत १५ करोड सशर्त अनुदान ९ करोड ७९ लाख ३० हजार गरि कुल २४ करोड ७९ लाख ३० हजार बिनियोजन गरिएको छ । 

काईके गाँउपालिका बित्तिय समिकरण अन्तरगत १० करोड सशर्त अनुदान तन्तरगत २ करोड ७३ लाख ७२ हजार गरि कुल १२ करोड ७३ लाख ७२ हजार,छार्का ताङस्योङ गाँउपालिका बित्तिय समिकरण अन्तरगत १० लाख सशर्त अनुदान अन्तरगत ३ करोड २५ लाख ६० हजार गरि कुल १३ करोड २५ लाख ६० हजार,जगदुल्ला गाँउपालिका बित्तिय समिकरण अन्तरगत १० करोड सशर्त अनुदान अन्तरगत ३ करोड ०३ लाख ५८ हजार गरि कुल १३ करोड ०३ लाख ५८ हजार बिनियोजन भएको छ । 

मुड्केचुला गाँउपालिका बित्तिय समिकरण अन्तरगत १० करोड र सशर्त अुनदान अन्तरगत ४ करोड ३६ लाख ८८ हजार गरि १४ करोड ३६ लाख ८८ हजार,डोल्पो बुद्ध गाँउपालिका बित्तिय समिकरण अन्तरगत १० करोड र सशर्त अनुदान अन्तरगत १ करोड २१ लाख ४६ हजार गरि कुल ११ करोड २१ लाख ४६ हजार र शे–फोक्सुण्डो गाँउपालिकामा बित्तिय समिकरण अन्तरगत १० करोड र सशर्त अनुदान अन्तरगत २ करोड १५ लाख २८ हजार गरि कुल १२ करोड  १५ लाख २८ हजार बिनियोजित भएको छ । 

सरकारले प्रस्तुत गरेको बजेटमा स्थानिय तहमा रहेर काम गर्ने कर्मचारिहरुको तलब भत्ता,स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिको तलब भत्ता,बिकास,शिक्षा,स्वास्थ्य,कृषि लगायतका सबै क्षेत्रमा खर्च हुने छ । सरकारले यस भन्दा पहिले जिल्ला बिकास समिति मार्फत स्थानिय स्तरमा अर्थात गाविस र नगरपालिकामा बजेट पठाउने गरेको थियो । यस पटक सरकारले सबै बजेट सिधै स्थानिय तहमा पठाएकोले जनताले आफनो गाउपालिकामा र नगरपालिकामा आउने बजेटको जानकारि लिन पाउने छन । 

अहिले एकै पटक करोडौमा बजेट स्थानिय तहमा गएको देख्दा सबै बजेट बिकासमा खर्च हुने र जनप्रतिनिधिले अनियमितता गर्नेमा चिन्ता रहेको स्थानिय ओम रोक्का तरालिको भनाइ छ । जनताको नाममा आएको बजेट जजनताको सहमतिमा नै बिकास लगायत अन्य क्षेत्रमा खर्च हुनु पर्छ जनप्रतिनिधिले जनमूखि काम गर्नु पर्ने र जनप्रतिनिधिलाइ सचेत गराउने काम जनताको नै भएको केहि अगुवाहरुको सुझाब रहेको छ । 

 प्रस्तुत बजेटमा राष्ट्रिय राजमार्गले नँजोडिएका डोल्पा र हुम्ला जिल्लाको लागि जम्मा ३० करोड बिनियोजन गरिएको छ । हाल सम्म पनि राष्ट्रिय राजमार्गले नँजोडेको डोल्पा र हुम्लामा सरकारले प्रस्तुत गरेको बजेट प्रायप्तता नँभएको र यति सानो बजेटले एक बर्षमा डोल्पामा राष्ट्रिय राजमार्गले जोड्न नँसकिने नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य हँश बहादुर शाहीले बताउनु भयो । उक्त बजेट कुन जिल्लाले कति करोड खर्च गर्न पाउने भन्ने कुराको निक्र्यौल भएको छैन । हाल डोल्पा र हुम्लाको सडक नेपाली सेनाले निर्माण कार्य गरि रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी