टेक शाही | साउन १, डोल्पा | ठुलीभेरि नगरपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक योजना तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सबै योजनाहरु परित भए पनि बिष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | साउन १, डोल्पा | ठुलीभेरि नगरपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक योजना तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सबै योजनाहरु परित भए पनि बिष"/>

2026-09-03 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पाको ठुली भेरि नगरपालिकाको सबै योजना पारित, ३२ करोड ३३ लाख रकम बिनियोजन


टेक शाही | साउन १, डोल्पा | ठुलीभेरि नगरपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक योजना तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सबै योजनाहरु परित भए पनि बिषयगत कार्यालयको बजेट र योजनाहरु आएका छैनन । शुक्रबार र शनिबार दिन भर बसेको नगरपालिकाको बैठकले नगरपालिका भित्रका एक बर्षमा हुने सबै योजनाहरु पारित गरेको ठुलिभेरि नगरपालिकाले जानकारि दिएको छ । 

आर्थिक बर्ष ०७४/०७५ का लागि ठुलिभेरि नगरपालिकाले अनु्मानित बजेट कुल ३२ करोड ३३ लाख ८० हजार बराबर चालु र पूजिगत तर्फ बिनियोजन गरेको छ । चालु तर्फ ३ करोड ७५ लाख र पूजिगत तर्फ १९ करोड ९७ लाख ९० हजार बिनियोजन गरेको छ । त्यसै गरि सर्शत अन्ुदान तर्फको बजेटमा ७ करोड २० लाख ७९ हजार रकम बिनियोजन भएको हो । आन्तरिक स्रोतबाट आम्दानीहुने रकम १ करोड ४ लाख ११ हजार हुने र सोहि अनुसार आन्तरिक स्रोतको रकम बिनियोजन गरिएको ठुलिभेरि नगरपालिकाका कार्यकारि अधिकृत गोबिन्द सुनारले जानकारि दिनुभयो । 

आर्थिक बर्ष ०७४/०७५ का लागि नगरपालिका भित्रका सबै योजनाको अनुमानित बजेटको ब्यबस्था गरिएको र लागत इष्टिमेट बिना कति बजेट लाग्छ भन्ने कुराको यकिन जानकारि नभएको कारण कुनै पनि योजनाको बजेट नँतोकिएको नगरपालिकाले जानकारि दिएको छ । अहिले चालु र पूजिगत तर्फ मात्र बिनियोजन गरेको नगरपालिका भित्रका सबै योजनाहरुको लागत इष्टिमेट आए पछि बजेट योजना अनुसार बिनियोजन गर्ने कार्यकारि सुनारले बताउनु भयो । 

एक बर्षको निति तथा कार्यक्रमहरु बनि सकेको र यस्लाइ कार्यान्वयनमा ल्याउनको लागि सबै क्षेत्रबाट सहयोग हुनु पर्ने स्थानिय सरकार अर्थात पहिलो पटक जनप्रतिनिधिले नै बनाएको पहिलो बजेट नमुना र प्रभाकारि हुनेमा बिश्वस्त रहेको ठुलिभेरि नगरपालिकाका उपप्रमूख योगेन्द्र बहादुर शाहीले दाबि गर्नु भयो । 

स्थानिय तहमा आए पछि सबै बिषयगत कार्यालयले नगरपालिका र गाँउपालिकामा आफना बार्षिक कार्याक्रका योजनाहरुको बजेट सिलिङ्ग पेश गर्नु पर्ने भए पनि स्वास्थ्य,शिक्षा,आयुर्बेद बाहेक अन्य कुनै पनि बिषयगत कार्यालयले कार्यक्रम र बजेट पेश नगरेकोले समस्या आएको र शिक्षा कार्यालयले शिक्षक तलब मात्र पेश गरेको ठुलिभेरि नगरपालिकाका प्रमूख गणेश बहादुर शाहीले बताउनु भयो । अनुमानको भरमा रकम बिनियोजन गर्दा प्रभाबकारि नहुने र ढुङ्गा पल्टाएर रकम सकाउने प्रबिदिको हावी हुने भएकोले काम र आबस्यक्ताका आधारमा बजेट बिनियोजन हुने पनि शाहीले बताउनु भयो ।

बियषगत कार्यालयले योजना तथा कार्यक्रमको बजेट पेश नँगरे पछि भोली गएर एकै शिर्षकमा योजना दोहोरीने सम्भाबना रहेकोले पनि कार्यान्यन हुन कठिन हुने देखिएको छ । अबको एक साता भित्रमा सबै बिषयगत कार्यालय र गैर सरकारी निकायाको कार्याक्रम तथा बजेट सिलिङ्ग आउने र सबै क्षेत्रको समाबेश गरि नगपालिकाको बार्षिक योजना बजेट सार्वजानिक हुने कार्यकारि गोबिन्द सुनारले जानकारि दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही