पढ्न करिब 1 मिनेट लाग्छ
<p>सम्झना श्रेष्ठ । साउन ७, रामेछाप । रामेछापको खिम्तिमा पहिरोले खानेपानी आयोजना बगाएको छ । खिम्तीमा असार ३१ गते अविरल वर्षसँगै साविक खिम्ती वडा नं<br></p><p>९ मा रहेको छित्तकुण्ड महादेवको मन्दिर तल बाट झरेको पहिरो र ठाडे खोलाले साविक खिम्ती गाविस वडा नं. ८ मा लाम्पाते खानेपानी योजना अन्तरगतको पाँच करोड १८ लाखको लिफ्ट खानेपानी योजनाको निर्माणाधीन मुख्य ट्यांकीसमेत बगाएको छ । </p><p>पहिलो चरण अन्तर्गत १८ लाखको टेण्डरमा निर्माण हुँदै गरेको खानेपानीको ट्याङकी ठाडे खोला हुँदै वगेको बाढी पहिरोले वगाएपछि पाँचसय घर खानेपानी उपभोक्ता मारमा परेका हुन् । यो योजनाबाट साविक खिम्ती गाविस वडा नं. ६, ७ र ८ का उपभोक्ता लाभान्वित हुने जनाइएको छ ।</p>

