साउन १४, कपिलवस्तु । कपिलवस्तु जिल्ला अन्य जिल्लाको तुलनामा केहि अविकसित भएता पनि आफैमा प्राचिन मौलिक महत्व बोकेको जिल्ला हो । 

जिल्लाको पुर्वि भाग देखि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १४, कपिलवस्तु । कपिलवस्तु जिल्ला अन्य जिल्लाको तुलनामा केहि अविकसित भएता पनि आफैमा प्राचिन मौलिक महत्व बोकेको जिल्ला हो । 

जिल्लाको पुर्वि भाग देखि"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तु शिवगढि मन्दिरमा केवुलकार कहिले ?

२०७४, १४ श्रावण शनिबार ११:२८


साउन १४, कपिलवस्तु । कपिलवस्तु जिल्ला अन्य जिल्लाको तुलनामा केहि अविकसित भएता पनि आफैमा प्राचिन मौलिक महत्व बोकेको जिल्ला हो । 

जिल्लाको पुर्वि भाग देखि पश्चिमि भाग सम्म प्रयटकिय स्थल ले भरिभराउ कपिलवस्तु जिल्ला प्रचार प्रसार र प्रयाप्त स्रोत साधनको अभावमा सधै पछाडि छ । यहाँका प्रयटकिय स्थल लाई सदुपयोग गरी प्रयाप्त प्रयटक लाई भित्राउन सकिने सम्भावना प्रवल छ । 

कपिलवस्तु जिल्ला प्रयटकिय हिसाबले मात्र पनि धेरै हद सम्म सक्षम बन्न सक्छ । प्राचिन कपिलवस्तु नगरी भगवान बुद्धको २५ वर्षे जीवनको क्रिडास्थल, राजा शुद्धोधनको राजधानि शाक्य नगर कपिलवस्तु नगरपालिका १२ स्थित तौलिहवा देखि ३ कि.मि. उत्तर क्षेत्रफल करिव ३५ विगहा सरकारी स्वामित्व रहेको कुरा सबैमा अवगतै छ । 

विदेशि प्रयटन आएर यहाँको माटोको टिका र माटोकै प्रसाद बनाउँछन, तर भगवान गौतम बुद्ध खेलेको स्थल सधै विकट, दुद्धले २५ वर्ष राज्य गरेको तिलौराकोट को भौतिक संरचना कतै मेटिएर त जाने हैन ? सवैमा चासो बढेको छ । 

यस जिल्लामा  भगवान गौतम बुद्धले २५ वर्ष राज्य गरेको तिलौराकोट क्षेत्र, तौलेश्वर मन्दिर, गौतम बुद्ध सगै सम्वन्धित गोटिहवा लगाएतका प्रसस्त क्षेत्र, विश्व सिमसार क्षेत्र जगदिसपुर ताल, भितरिया मन्दिर, शिउराजका महत्व बोकेका क्षेत्र, उमरी गुफा लगायतका धार्मिक, साँस्कृतिक र प्रयटकिय महत्व बोकेका स्थल कपिलवस्तुमै छन । 


कपिलवस्तुमा अर्को निकै चर्चित प्रयटकिय स्थल शिवगढि मन्दिर पनि छ । त्यसै पनि कपिलवस्तु जिल्लाको पश्चिमि क्षेत्र पुर्वि क्षेत्रको तुलनामा विकट मानिन्छ । कपिलवस्तुको पश्चिमि क्षेत्रमा मात्र नभई पश्चिमि क्षेत्रको पहाडि इलाकामा पर्ने शिवगढि मन्दिर ऐतिहासिक , धार्मिक र प्रयटकिय हिसावको लागि निकै उचित देखिन्छ । 

तर शिवगढि मन्दिरको त्यति प्रचार  प्रसार र विकास हुन नसक्दा अझै पनि मन्दिर प्रयटकिय हिसावले ओझेलमै देखिन्छ । यो मन्दिरको विकास र प्रचार गर्न सके मन्दिर संगै जिल्लाको नाम जोडिएर आर्थिक र प्रयटकिय हिसावले अगाडि आउने देखिन्छ । तर त्यस मन्दिरको राम्रो संग प्रचार प्रसार नगर्दा उक्त मन्दिरको महत्व दिन प्रति दिन ओझेलमा पर्दै गएको छ । शिवगढि मन्दिरमा वर्षै भरी आन्तरीक तथा बाह्य पर्यटकहरु आउने गर्दछन ।

यहाँ विशेष गरी शिवरात्रिको अवसरमा ठुलो मेला लाग्ने गर्दछ, हजारौको संख्यामा दर्शनार्थि यहाँ आउने गर्दछन ।  शिव रात्रिको समयमा यो मन्दिरमा ५ दिन सम्म मेला लाग्ने गर्दछ । 

यस मन्दिरको राम्रो विकास हुन नसक्दा अन्य समयमा भने हिडन गाह्रो हुने भएको हुँदा, त्यति प्रयटक वा दर्शनार्थि मन्दिर जाने गरेको पाईदैन । व्यापारसंघ कपिलवस्तु, लगायतका विभिन्न संघ संस्थाले पछिल्लो समय शिवगढि मन्दिरमा केवलकार को  बारेमा केहि पहल गरे पनि अहिले सम्म मन्दिरमा जाने राम्रो बाटो सम्म छैन । 

कपिलवस्तु जिल्लाको पश्चिमि सिमाना धानखोला बाट करिव डेढ घण्टाको ठाडो पडाडि उकालो हिडे पछि शिवगढि मन्दिरमा पुग्न सकिन्छ । साविक शिवगढि गा.वि.स. अन्तर्गत रमुवादह बाट समेत यस मन्दिरमा पुग्न सकिन्छ । 

धान खोलाको दक्षिण पश्चिम पट्टिको चुरे पहाडको चुचुरोमा यस शिवगढि मन्दिर अवस्थित रहेको छ ।  मन्दिरको केहि तलतिर चौध वर्ष सम्म भगवान शिवको तपस्यमा बसेका बाबाको कुटि पनि रहेको छ । जसलाई मौनि बाबा भनेर पनि चिनिन्छ । 

यहाँ बाट अर्घाखाँचिका केहि गाविस, राप्ति नदि, दाङ जिल्ला र कपिलवस्तुका घना जङगल, फाँटका साथै भारतका केहि स्थान समेत दृश्यावलोकन गर्न सकिन्छ । यहाँ केवुलकारको संगै पर्यटकहरुलाई आकर्षक गर्नको लागि प्याराग्लाइडिंग को पनि राम्रो सम्भावना रहेको छ । तर यहाँका राजनितिदल , संघ संस्था र स्थानिय निकायले चासो न देखाउँदा उक्त मन्दिरको महत्व ओझेलमा पर्दै गएको छ । 

यहि असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानिय निकायको चुनावमा निर्वाचित नव जनप्रतिनिधिहरुले पनि शिवगढि मन्दिरमा केवलकारको लागि पहल गर्ने प्रतिवद्धता गरेका छन । 

यहाँका राजनितिक दल र संघ संस्थाले शिवगढि मन्दिरमा केवलकारको कुरा उठाउँदा स्थानिय निकै हर्षित हुन्छन । यस जिल्ला वासिले मात्र होईन यस मन्दिरको लागि छिमेकि जिल्लाहरु र देश भर लगायत विदेशी प्रयटक लाई समेत केवलकारको खाँचो परेको छ । -अशोक पोख्रेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ