2026-09-19 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काजक्रियाका लागि सहयोग उठाईने, रक्सी–मासु खाए हजार तिराईने

प्रेम सुनार | साउन–१५, गुल्मी । दलित समुदायका नागरिकको मृत्यु संस्कारमा रहेका कुरीति हटाउने  बाग्लुङ्ग जिल्लाको  निर्णय घोसाखानी दलित सन्जालले गरेको छ । 

ढोरपाटन नगरपालिका वडा नं–३ साबिक बुर्तिवाङ गाविसको घोसामा रहेको स्वतन्त्र दलित सञ्जालको टोल भेलाले यस अघि दलित समुदायमा मृत्यु संस्कार ,काजक्रियामा परम्परादेखी चलिआएका केहि नराम्रा चलन , कुरीतिहरु हटाउने निर्णय गर्दै  त्यहाँ स्थित बलजनी सुनारको मृत्युपछि पहिलोपटक कार्यान्वयनमा  समेत ल्याइईको  अध्यक्ष नरबहादुर सुनारले बताए ।

करेन्ट लागेर मृत्यु भएकी सुनारको काजक्रियामा सञ्जालले गरेको निर्णयलाई गाउँवासीले पालना गर्दै   ५७ हजार नगद सहयोग  संकलन गरेका छन् । यस अघि दलित समुदायमा कसैको मृत्यु हुँदा शवमा पैसाको माला लगाउने, छोरी चेलीहरुले कपडा ओढाउने, जाड रक्सी खाने, पशु बली चढाउने, खानामा मासु भात प्रयोग गर्ने जस्ता पुराना कुसंस्कार थिए  हटाउने निर्णय गरिएको छ ।  

  उक्त निर्णय पालना नगरे सञ्जालले  १० हजार सम्मको जरिवाना गर्ने निर्णय  समेत गरेको छ । त्यस स्थानका दलित समुदायको घरपरिवारमा हुने काजक्रियामा  प्रत्येक घरधुरीले सहयोग स्वरुप २ सय ५० नगद संकलन गर्ने निर्णय गरिएकोले विभिन्न परिवारलाई साहुको व्याजमा पर्न नपर्ने सञ्जालको ठम्याईछ । 

सञ्जालले चाड पर्व पनि भड्कीले नबनाउने र दलित समुदयमा हुने फजुल खर्चको खोजी गर्दै त्यसलाई हटाउँदै लगिने पनि सञ्जालका अध्यक्ष सुनारले बताए । यता गुल्मी स्थित साविकको बडागाउँमा खड्गथोकी थरका बिश्वकर्माहरुले नगद र प्रतिघरधुरी एक एक पाथी चामल समेत काजकिरियामा रहेको परिवारलाई दिदै आई रहेको झण्डै १५ वर्ष हुन लागेको त्यहाँस्थित दलित अगुवा गोमबहादुर सुनारले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई