सम्राट सिंह/भदौ १५, बझाङ । सदरमुकाम चैनपुरको पानकोटमा निर्माण हुन थालेको पक्की पुल म्याद सकिदा समेत बनेको छैन । 

जिल्लाका साविकका ८ वटा गाविस जोड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/भदौ १५, बझाङ । सदरमुकाम चैनपुरको पानकोटमा निर्माण हुन थालेको पक्की पुल म्याद सकिदा समेत बनेको छैन । 

जिल्लाका साविकका ८ वटा गाविस जोड"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याद सकिँदासमेत झन्डै ७ करोडको लागतमा निर्माणाधीन पक्की पुल बनेन

२०७४, १५ भाद्र बिहीबार ०४:३९


सम्राट सिंह/भदौ १५, बझाङ । सदरमुकाम चैनपुरको पानकोटमा निर्माण हुन थालेको पक्की पुल म्याद सकिदा समेत बनेको छैन । 

जिल्लाका साविकका ८ वटा गाविस जोडने पक्की पुलको निर्माण कार्य रोकिएपछि स्थानियमा पुल नबन्ने हो कि भन्ने चिन्ता छाएको छ । झण्डै ७ करोड लागतमा निर्माण हुन थालेको ६९ मिटर लम्बाईको पक्की पुल निर्माणको जिम्मा निलगिरी जागृती जेवीले लिएको थियो ।

निर्माण कम्पनिले साविकको जिल्ला विकास समितिसँग २०७२ बैशाख ८ गते निर्माण कार्य सुरु गरेर २०७४ असार मसान्तमा पुल निर्माण कार्य सम्पन्न गरी सक्ने सम्झौता गरेको भएपनि हालसम्म एउटा पिल्लर बाहेक केहि निर्माण हुन सकेको छैन ।

पुल निर्माण गर्ने सामाग्रीहरु पनि निर्माण स्थलमा लथालिंग रहेको छ । पुल बन्न लाग्दा खुसी बनेका साविक ८ गाविसका बासिन्दाहरुमा ठेकदारले म्याद सकिदा समेत पुल निर्माण नगर्दा निरासा छाएको छ । 

यसरी सबैको आँखाको नजिक जिल्लाको मुटु मानिने सदरमुकाम चैनपुरमा नै निर्माण हुन थालेको पुलको अवस्था बेहाल हुँदा समेत सरोकारवालाहरु मौन रहेका छन । ठूलो परिमाणमा पेश्की रकम लिइसकेको भएपनि ठेकदारको लार्पबाहिले पुल निर्माणमा ढिलाई भएको जिल्ला समन्मय समितिका एक कर्मचारीले बताए । उनले भने ठेकदारले पुल निर्माण गर्ने मेसिन नै सम्झौता अनुसारको नल्याइ पटक पटक बाहाना गर्ने गरेको उनको भनाइ छ । 

जिल्लाका कतिपय ठेकदारहरुको त ठेक्का ओगटने तर काम नगर्ने बानी नै परिसकेकोे छ । यो पुल त एक उदाहरण मात्र  हो यस्ता धेरै विकास निर्माणका योजनाहरु अलपत्र परेका छन । निर्माण कार्य ढिलासुस्ती गर्ने ठेकदारलाई सम्बन्धित निकायहरुले पनि एक चिठी काट्नु बाहेक अन्य कुनै कारबाहि गरेको देखिदैन । 

बझाङ जिल्लाको विकास निर्माणमा अवरोध पार्ने एक गिरोह नै सक्रिय देखिन्छ यसमा स्थानिय कर्मचारी देखि ठूला नेताको पनि यसमा संलग्नता रहेको स्थानियको आरोप छ । ठेकदारलाई संरक्षण गर्ने नेता देखि कर्मचारीहरुले ठेकदारबाट कमिसन लिइ संरक्षण गर्ने गरेको जनाएको छ । 

जिल्लाको विकास निर्माणमा आएको रकम यसरी काम नभएर सकिने हो भने बझाङ जिल्लाको विकास हुन सयौँ सदाब्दी लाग्नेमा कुनै शंका नै छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो