२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा बाढीले बगाएको सडक अहिलेसम्म बन्न सकेन

२०७४, १७ भाद्र शनिबार १२:४७


श्याम थापा/भदौ १७, नवलपरासी । लगातार अविरल बर्षाका कारण भत्किएको नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका जोड्ने सडक अहिले सम्म बन्न सकेको छैन । 

सडक भत्किएको करिब २ महिना बित्दा पनि बन्न नसकेको कारणले स्थानीयबासीहरुलाई हिड्डुल गर्न सास्ती भएको स्थानीयबासीहरुले गुनासो पनि गरेका छन । सो सडक प्रतापपुर गाउँपालिकाको बद्रीघाट बाट सुस्ता गाउँपालिकाको नर्सही जाने सडक हो । 

सडक बन्न नसक्दा स्थानीयबासीहरुलाई हिड्डुल गर्न मात्र नभै  सुस्ता गाउँपलिका वार्ड न ४ नर्सहीमा कोही बिरामी या गर्भवती तथा सुत्केरी हुदा कुडियाको बाटो प्रयोग गर्दै अस्पताल लैजान पर्ने सुस्ता गाउँपालिका वार्ड न.४ नर्सहीका लख्खु यादवले बताउनु भएको छ । 

सो सडक बनाउनको लागि स्थानीयबासीहरुले पटक पटक सरोकारवालाहरुलाई खबर गर्दा पनि बेवास्ता गरेको स्थानीयबासीहरुले आरोप पनि लगाएका छन । भने स्थानीय दलालहरुलाई अवैध रूपमा बालुवा उत्खनन गर्न सजिलो भएको कारणले गर्दा पनि सडक बन्न नदिने चलखेल भै रहेको स्थानीयबासीहरुले बताउनु भएको छ । 

सडक नबन्दा परासी देखि नर्सही हुँदै पक्लिहवा सम्म चल्ने मध्य नेपाल यातायात बस ब्यवबसयी संघ परासीको माइक्रो सेवा थप्प भएको थियो । माइक्रो सेवा थप्प भए पछि नर्सही पक्लिहवाका स्थानीयबासीहरुलाई परासीमा रहेका कार्यालयहरुमा आफ्नो ब्यक्तीगत कार्यहरु गर्न जानको लागि आवत जावतमा कठिनाइ भएको छ । 

आवात जावतमा कठिनाइ भएपछी नर्सही र पक्लिहवाका स्थानीयबासीहरुले मध्य नेपाल यातायात बस ब्यवसायी संघ परासीको कार्यालयलाई खबर गरेका थिए । हाल परासी देखि कुडिया हुँदै नर्सही र पक्लिहवाको लागि मध्य नेपाल यातायात बस ब्यवसायी संघ परासीले सेवा सुचारु गरि सकेको मध्य नेपाल यातायात ब्यवसायी संघ परासीका अध्यक्ष ऋषि राम पौडेलले जानकारी दिनु भएको छ । 

साथै सो प्रतापपुर गाउँपलिका र सुस्ता गाउँपलिका जोड्ने सडक तत्काल मर्मत गरि स्थानीयबासीहरुको समस्या समाधान गरिदिनको लागि स्थानीयबासीहरुले सरोकारवालाहरुसंग अनुरोध पनि गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी