2026-09-15 09:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पामा स्थानीयवासीको सहयोगमा प्रहरी भवन निर्माण

भदौ २५, पाल्पा। स्थानीयवासीको सहयोगमा पाल्पामा प्रहरीको भवन निर्माण भएको छ । ८६ व्यक्ति तथा संस्थाको आर्थिक तथा भौतिक सहयोगमा तानसेन नगरपालिकाको बर्तुङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन बनेको हो । 

स्थानीय बासिन्दाको आर्थिक तथा भौतिक गरी रु २३ लाख २९ हजार ४८३ को सहयोगमा निर्माण भएको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयो । 

भवन निर्माणमा तानसेन नगरपालिका–१० का गोपाल पौडेलले रु एक लाख १२ हजार २२२ बराबरको जिन्सी सामान सहयोग, श्रीनगर यातायात व्यवसायी संघ पाल्पाले रु एक लाख ११ हजार १११, जिल्ला प्रहरी कार्यालयले रु एक लाख, जिल्ला समन्वय समिति पाल्पाले रु एक लाख र पाल्पाका स्थानीय तहबाट समेत आर्थिक सहयोग प्राप्त भएको हो । 

त्यसैगरी, नवलपरासीका भरत थापाले रु ५५ हजार, तानसेनका सुजन श्रेष्ठले रु ५१ हजार, बगनासकाली–३ का रिजाल हार्डवेयरले ४२ हजारलगायत ८६ व्यक्ति तथा संस्थाबाट आर्थिक तथा भौतिक सहयोगबाट प्रहरी सुविधा सम्पन्न भवन बनेको उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद रानाले बताउनुभयो । 

दुईतले, पाँच कोठासहितको पक्की भवन बनेपछि प्रहरीलाई कार्यसम्पादनमा सहज भएको छ । सवारी साधन दैनिक रुपमा बढ्दै गए पनि ट्राफिक प्रहरीको संख्या भने कमी रहँदा कार्यसम्पादनमा समस्या रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ