Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाल्पाको पूर्वखोला गाउँपालिकामा ५०० युवालाई स्वरोजगार बनाइने

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

भदौ २९, पाल्पा | पूर्वखोला गाउँपालिकाले यस आवमा ५०० जना युवालाई स्वरोजगार बनाउने भएको छ । आव २०७४÷७५ मा ५०० युवालाई सिकर्मी, डकर्मी, वाइरिंग, कृषि तथा पशुपालनसम्बन्धी काममा दक्ष बनाउन तालीम सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

बेरोजगार युवालाई स्वरोजगार बनाउन गाउँपालिकाले युवा स्वरोजगारका लागि रु २१ लाख ५० हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष नुरबहादुर थापाले बताउनुभयो ।

पूर्वखोला गाउँपालिकामा दक्ष सिकर्मी, डकर्मी, वाइरिंग गर्नेको अभाव रहेको छ । गाउँपालिकाभित्रका युवालाई तालीममार्फत स्वरोजगार बनाउने र दक्ष कामदार उत्पादन गर्ने गाउँपालिका अध्यक्ष नुरबहादुर थापाले बताउनुभयो ।

बेरोजगार युवालाई आयमूलक तालीम सञ्चालनपछि आत्मनिर्भर हुनेछन् । स्वदेशमा नै केही काम गरी आत्मनिर्भर भएपछि विदेश पलायनमा कमी आउने योजनाका साथ गाउँपालिका अघि बढेको हो ।

आर्थिक वर्ष २०७४/७५ को प्रथम गाउँसभाले पारित गरेका वार्षिक बजेट नीति तथा कार्यक्रममा युवालाई स्वरोजगार बनाउने कार्यक्रम आएपछि गाउँपालिकाभित्रका युवा खुशी बनेका छन् ।

गाउँपालिकाले यस आवमा अन्तरिक राजस्व, राजस्व बाँडफाँटबाट प्राप्त रकम र अन्यबाट गरी रु ३७ लाख ३८ हजार १०० संकलन गर्ने लक्ष्य रहेको सूचना संयोजक निरबहादुर सारुले जानकारी दिनुभयो ।

केन्द्रीय निशर्त अनुदान रु १५ करोड ८० लाख ३८ हजार ३७२, सामाजिक सुरक्षामा रु पाँच करोड, सशर्त रु १० करोड ०३ लाख २४ हजारको बजेट प्रमुख प्राथमिकतासाथ विनियोजन गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

रु ३० करोड ८३ लाख ६२ हजार गाउँपालिकाको कुल बजेटमध्ये शिक्षामा रु ६५ लाख ६० हजार, सडकमा रु तीन करोड तीन लाख ३८ हजार, स्वास्थ्यमा रु ४८ लाख ५१ हजार आठ, खेलकुदमा रु २३ लाख २० हजार, युवा व्यवरोजगार रु २१ लाख ५० हजार, पर्यटनमा रु आठ लाख ५० हजारलाई बजेट विनियोजन गरेको अध्यक्ष थापाले बताउनुभयो ।

खानेपानीमा रु ६६ लाख ६५ हजार, सिँचाइमा रु २५ लाख २० हजार, कृषिमा रु ५८ लाख ६५ हजार, ऊर्जामा रु ५६ लाख ५० हजार, संस्कृति संरक्षणमा रु १० लाख ७० हजार र फोहरमैला व्यवस्थापनमा रु ४७ लाख ५० हजारको बजेट विनियोजन गरेको छ ।

पूँजीगत खर्चमा जग्गा खरिदमा रु ५० लाख, भवन निर्माणमा रु ५५ लाख, फर्निचरमा रु १८ लाख, सवारीसाधन रु ४८ लाख, मेसिनरी औजार रु १८ लाख, फोहरमैला व्यवस्थापन खरिद रु ३५ लाख, पूँजीगत मर्मत सम्भार रु ३५ लाख, समपुरक कोष रु ३० लाख, मर्मत सम्भार कोष रु पाँच लाख, आकस्मिक कोष रु आठ लाख, सार्वजनिक निर्माण रु आठ करोड २७ लाख ७८ हजार ८३०, पूँजीगत अनुसन्धान तथा परामर्श रु ३५ लाख, जगेडा कोष रु ३७ लाख ४५ हजार ८७४ रहेको छ । रासस