२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङमा सुरु भयो बीस प्रजातिका जडीबुटीको कारोबार

२०७४, २९ भाद्र बिहीबार ०७:५६

भदौ २९, बागलुङ। जिल्लाबाट आर्थिक वर्ष २०७३/७४ मा बीस प्रजातिका जडीबुटीको कारोबार भएको छ । 

साधारण च्याउ, सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिसलगायत जडीबुटीको कारोबार भएको हो । पच्चीस हजार ४९० किलो जडीबुटीबाट रु दुई लाख ७५ हजार राजश्व संकलन भएको छ । 

सबैभन्दा बढी ६७ हजार ३९० किलो सल्लाको खोटोको कारोबार भएको सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिनुभयो । सातवटा सामुदायिक वनमा भएको खोटो संकलनबाट उपभोक्ता समूहले रु आठ लाख ९० हजार आम्दानी गरेका छन् । खोटो संकलन र त्यसको कारोबारबाट रु एक लाख २७ हजार राजश्व संकलन भएको विकले बताउनुभयो । 

यस्तै जिल्ला समन्वय समिति करबापत रु ३६ हजार प्राप्त भएको छ । जिविसले खोटोमा प्रतिकिलो ५० पैसाका दरले कर लगाउने गरेको छ । खोटोको कारोबारको लागि रुपन्देहीको माउन्ट रोजिन, कपिलवस्तुको कपिलवस्तु रोजिन र सुनसरीको हिमाली रोजिन एण्ड टर्पेण्टाइन कम्पनीसँग सम्झौता गरिएको छ । ती कम्पनीले आव २०६७/६८ देखि जिल्लामा खोटो संकलन गर्दै आएका छन् । जिल्लामा ९० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदावर सूचीकृत छन् । 

“संकलन र प्रशोधन अभावमा बहुमूल्य जडीबुटी त्यसै खेर गइरहेका छन्,,” विकले भन्नुभयो– “यहाँको जंगलमा जडीबुटी प्रशस्त छ, अनुसन्धान, पहिचान र संकलन हुन सकेको छैन ।” उपयुक्त सीप, उपकरण र प्रशोधन केन्द्रको अभावमा जडीबुटीको बजारीकरण हुन सकेको छैन । 

आव २०७२/७३ मा बाह्र प्रजातिका ११ हजार ८७९ किलो जडीबुटीको कारोबार हुँदा रु एक लाख २८ हजार राजश्व संकलन भएको थियो । इजाजत पत्र लिएपछि वन कार्यालयले संकलनका लागि एक महिनाको अवधि दिने गरेको छ । जडीबुटी खेती कार्यक्रमअन्तर्गत वन कार्यालयले टिमुर, सुगन्धवाल, अमृसो, लौठसल्ला रोपण गर्दै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो