३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडी र बझाङको फोस्फेट ‘स्याम्पल’ काठमाडौंमा

१ आश्विन २०७४, आईतवार ०९:०१

असोज १, काठमाडौं । सरकारले पहिलोपटक नेपालमा उत्खननको सम्भावना रहको फोस्फेटमाथि विस्तृत अन्वेषण र अनुसन्धान सुरु गरेको छ । अहिले बैतडी र बझाङबाट काठमाडौं ल्याइएका फोस्फेटका ‘स्याम्पल’ खानी तथा भूगर्भ विभागको लैनचौरस्थित प्रयोगशालामा आइपुगेको छ ।

नमूना फोस्फेटको प्रयोगशाला परीक्षणको काम भइरहेको विभागका महानिर्देशक राजेन्द्र खनालले अनलाइनखबरलाई जानकारी दिए ।

‘यो वर्ष पहिलोपटक हामीले फोस्फेट खानीको विस्तृत अन्वेषघ अघि बढाउन थालेका हौं’ खनालले भने,’परीक्षणको रिपोर्ट आएपछि हामी उत्खननको सम्भावना के छ भनेर खोजी सुरु गर्नेछौं ।’

रासायनिक मलको कच्चापदार्थ

फोस्फेट फस्फोरस तत्वको प्राथमिक स्रोत हो । यदि नेपालमा फस्फोरस उत्पादनका लागि फोस्फोराइट उत्खनन् गर्न सकिए यसले ठूलो आर्थिक लाभ लिन सकिने विभागको ठम्याइ छ ।

‘रासायनिक मल उत्पादनका लागि यो अत्यावश्यक हुन्छ,’ महानिर्देशक खनालले भने, ‘फस्फोरसको उत्पादन नेपालमै भए यसले नेपालमै रासायनिक मल उद्योग स्थापनामा पनि प्रोत्साहन दिन्छ ।’

अहिले लगानी बोर्डले रासायनिक मल उत्पादन गर्ने उद्योग स्थपनाका लागि विस्तृत परियाजना प्रतिवेदन बनाउँदैछ । तर, कच्चा पदार्थ विदेशबाटै ल्याउुपर्ने अवस्थाका कारण नेपालमा उद्योग खुलेपनि खासै लाभ नहुने तर्क कतिपयले राखिरहेका छन् ।

अहिले नेपालमा झण्डै वार्षिक ३ लाख मेटि्रकटन रासायनिक मल विदेशबाटै आउँछ । रासायनिक मलको तीन महत्वपूर्ण तत्व नाइट्रोजन, फस्फोरस र पोटासियम हुन् । यसमध्ये फस्फोरस उत्त्खनन नेपालमै भए त्यसले देशलाई अधिकतम् लाभ मिल्ने विश्वास सरकारको छ ।

‘अन्य स्थानमा पनि फोस्फेट नभेटिएका होइनन्, तर बझाङ र बैतडीको सीमा क्षेत्रमा यसको उत्खननको सम्भावना अली बढी छ भन्ने प्रारम्भिक अनुमान छ,’ महानिर्देशक खनालले भने, ‘अब यी क्षेत्रमा पनि हाम्रो अन्वेषण केन्दि्रत हुन्छ ।’

कहाँ छन् फोस्फेट खानी ?

बझाङका तारुगाढ, जुईलगाड, गोइचान, कन्देचौर लगायतका क्षेत्रमा विभागले फोस्फेट खानी रहेको अनुमान गरिएको छ । त्यसैगरी बैतडीका ढिकगाढ, जुनकुना, मोर्गाओन, सानागाओन, र धौबिसाउने लगायतका स्थानमा पनि फस्फोरसको खानी भएको यसअघिका विभिन्न अध्ययनमा पत्ता लागेको छ ।

एक अध्ययनले बझाङ र बैतडीमा गरी करिब ९० लाख मेट्रिक टन फोस्फेट उत्खनन गर्न सकिने देखाएको छ । तर, सरकारी तवरबाट भने पहिलोपटक यसका बारेमा विस्तृत अध्ययनको प्रक्रिया सुरु भएको हो ।

- अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ