पढ्न करिब 3 मिनेट लाग्छ

सास । असोज ३, बर्दिया ।

आज संविधान दिवस । दिवस मनाउने कुनै कार्यक्रमका बारेमा बरु त्यति चर्चा छैन जति चर्चा गुलरिया उद्योग वाणिज्य संघको निर्वाचनको छ । सदरमुकाममा उद्योग बाणिज्य संघ गुलरियाको निर्वाचनको माहोलले सदरमुकाम तातिएको छ ।

गुलरियाको बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा आज बिहान ८ बजेदेखि मतदान कार्य प्रारम्भ हुने भनिएता पनि आन्तरिक तयारी पूरा नभएका कारणले केही ढिलो शुरु भएको छ ।

साझा समावेशी व्यावसायिक प्यानल र संयुक्त समावेशी व्यावसायी प्यानलका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

संयुक्त समावेशी व्यावसायी प्यानलतर्फ देवेन्द्र पाण्डेको नेतृत्वमा महेन्द्र कुमार श्रेष्ठ (ठूल्दाइ) प्रथम उपाध्यक्ष, इन्द्र कुमार श्रेष्ठ (बन्धु) द्वितीय उपाध्यक्ष, मोविन अहमद इद्रिसी तृतीय उपाध्यक्ष रहेका छन् । यसैगरी मीनराज शर्मा महासचिव, ज्ञान प्रसाद वगाले सचिव, पूर्णराज पौडेल (रमेश) कोषाध्यक्ष र सहकोषाध्यक्षमा रुपेन्द्र के.सी. (रुपेश) रहेका छन् भने सदस्यहरुतर्फ पञ्चलाल नापित, विकास राना, अब्दुल हसन हल्वाई, सुरेन्द्र बगाले, पुरुषोत्तम सिग्देल, सरला के.सी., नरेश कुमार खत्री, केशव प्रसाद रिजाल, घनश्याम लोध, कृष्ण मैनाली, सुरेश पौडेल र गोविन्द प्रसाद रेग्मी रहेका छन् ।

यसैगरी साझा समावेशी व्यावसायिक प्यानल तर्फ भने वीर बहादुर चौधरीको नेतृत्वमा हिमालय त्रिपठी प्रथम उपाध्यक्ष, मनोज कुमार यादव द्वितीय उपाध्यक्ष, र अजितराज भण्डारी तृतीय उपाध्यक्षका उम्मेदवार रहेका छन् । यसैगरी शिवहरी पौडेल महासचिव, पुष्कर सापकोटा सचिव, गंगा पोखरेल कोषाध्यक्ष र मोहित पौडेल सह–कोषाध्यक्ष पदका उम्मेदवार रहेका छन् ।

सदस्यहरुमा भने कृष्ण ढकाल, दुर्गा प्रसाद काफ्ले, दिनेश यादव, सकिल अहम्मद सिद्विकी, टेकलाल चौधरी, संगिता महतरा, गोकर्ण रेग्मी, प्रदिप यादव, मीन बहादुर खत्री, मनिष गुप्ता, सन्तोष कुमार गुप्ता र राम प्रकाश गुप्ता मैदानमा रहेका छन् ।

दुबै पक्षहरु उत्तिकै शशक्त भएकाले कसले बाजी मार्ला भनेर यसै भन्न नसकिने अवस्था रहेको व्यावसायीहरु बताउँछन् । दुबै प्यानलका तर्फहरुबाट आ–आफ्नै तौर तरीकाले चुनावी प्रचारप्रसार गरेका छन् । मतदाताहरुका लागि निर्वाचन स्थल बाहिर खानपिनको समेत व्यवस्था गरिएको छ ।

आगामी कार्यकालको लागि कुन प्यानलले बाजी मार्ला वा मिश्रित रुपमा विजयी टिम आउला त्यो भने हेर्न बाँकी छ । भोली बिहान सम्ममा निर्वाचनको नतिजा आउन सक्ने जनाइएको छ ।