2026-09-19 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा जान अब दुई वटा सुपर डिलक्स बस उपलब्ध(यस्तो छ यसको विशेषता)

अच्युत रेग्मी। असोज ८, काठमाडौँ। राजधानी काठमाडौँदेखि प्रमुख पर्यटकीय शहर पोखरासम्म जोड्ने अत्याधुनिक सुविधा सम्पन्न दुई वटा पर्यटकीय बस सञ्चालनमा ल्याइएको छ । 

यातायातका साधनमा लामो समयदेखि लगानी गर्दै आएको जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधासहितको सुपर डिलक्स बस शुक्रबार पोखरा र शनिबार काठमाडौँबाट सञ्चालनमा ल्याएको हो । 

नेकपा (एमाले) कास्कीका सांसद एवं व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारी जगदम्बा ट्राभल्सले भित्र्याएको यस्तो बसले नेपालको मान प्रतिष्ठा बढेको बताउनुहुन्छ । “पूर्वाधारका अभावका बीच पनि व्यवसायीले नेपालको यातायात क्षेत्रमा ठूलो लगानी गर्नुभएको छ, यस्तो लगानीले यातायात क्षेत्रको सुधारका लागि अरुलाई थप चुनौती थपिदिएको छ”– सभापति अधिकारी भन्नुहुन्छ । 

उहाँ यातायात सञ्चालनमा देखिएका समस्या समाधान गर्न चाहिने ऐन, कानून निर्माणमा आफूले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुहुन्छ । 

कूल २६ सिट रहेको उक्त बसमा यात्रुका लागि भने २१ सिट छुट्याइएको छ । बाँकी पाँच सिट बसका चालक, सहयोगी चालक र बसभित्र काम गर्ने कर्मचारीका लागि राखिएका छन् । बसभित्र टेलिभिजन, खाना, खाजा, चिया, कफी, चिसो, चकलेट, शौचालय आदिको सुविधा रहेको छ । 

प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारी बसमा रिमोर्ट सिस्टमबाट सिट फोल्डिङ गरेर सुत्न सकिने, मसाज गर्न सकिने, पत्रपत्रिका तथा किताब पढ्न मिल्ने सेवासमेत रहेको बताउनुहुन्छ । अधिकारी उक्त बस दक्षिण एशियाकै उत्कृष्ट भएको दाबी गर्नुहुन्छ । 

सरकारले काठमाडौँबाट पोखरासम्मको आनन्ददायी सवारी साधनको बस भाडा प्रति व्यक्ति रु ८०० कायम गरे पनि यो बसभित्र खाना, खाजा, चिया, कफी, मनोरञ्जन, इन्टरनेट सुविधा, शौचालय लगायतका सुविधा भएकाले नेपालीलाई रु दुई हजार २०० र विदेशीलाई रु दुई हजार ७०० कायम गरिएको छ । 

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला उक्त बस सञ्चालनसँगै नेपालको यातायात क्षेत्रले विश्वलाई चुनौती दिएको बताउनुहुन्छ । “अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन यस्ता बसले धेरै सहयोग पुग्दछ”– उहाँले भन्नुभयो । 

महासचिव सिटौला पूर्वाधारको अभाव भए पनि यातायात व्यवसायीले नेपालको यातायात क्षेत्रमा ठूलो लगानी गरेको बताउनुहुन्छ । 

विसं २०२९ मा दुई वटा बसबाट सञ्चालन भएको पृथ्वी राजमार्गमा हाल एक हजार ३५५ बस सञ्चालनमा छन् । ती सबै बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत सञ्चालित छन् । 

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाही पृथ्वी राजमार्गमा दैनिक हजारौँ सवारी साधन आवतजावत गर्ने गरे पनि शनिबारदेखि शुरु भएको यी बस नेपालकै सबैभन्दा बढी सुविधासम्पन्न बस भएको बताउनुहुन्छ । समयको मागसँगै सवारी साधनको स्तरवृद्धि गर्दै लगिएको उहाँ बताउनुहुन्छ । 

प्रतिबस करिब रु दुई करोड लगानी परेको प्रालिले जनाएको छ । ती बस अमेरिकाबाट सिट आयात गरी भारतमा टाटाको अत्याधुनिक च्यासिज हालेर बस तयार गरिएको हो । 

बस पोखराको होटल पस्र्याङबाट बिहान ८ः०० बजे काठमाडौँका लागि छुट्ने र काठमाडौँको होटल अन्नपूर्णबाट बिहान ७.४५ बजे पोखराका लागि छुट्ने तालिका रहेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा