2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाेक्टेखाेला लघु जलविद्युत उपभोक्ता समिति सैपुकाे नयाँ समिति गठन

असोज २८, रामेछाप । चाेक्टेखाेला लघु जलविद्युत उपभोक्ता समिति सैपुकाे नयाँ कार्यसमिति चयन भएको छ । शनिबार लिखु गाउँपालिका स्थित चण्डेश्वरी उमाविकाे प्राङ्गणमा भएकाे अाम भेलाले कृष्णप्रसाद पाैडेलकाे नेतृत्वमा ७ सदस्यीय नयाँ उपभोक्ता समिति सर्वसम्मत रूपमा गठन भएकाे हाे । समितिको उपाध्यक्षमा सावित्रा नेपाल, सचिवमा शाेभा खुट्टे, काेषाध्यक्षमा छविरमण निराैला,सहसचिवमा प्रेम तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरूमा दुर्गादेवी पाैडेल र जनकराज पाैडेल चयन भएका छन् ।

भेलाले उपभोक्ताबाट मासिक रूपमा उठाउदै अाएकाे विद्युत महसुल ६/६ महिनामा अग्रिम भुक्तानी गर्ने र  यस अगाडि भुक्तानी हुन बाँकी महसुल तत्काल बुझाउनु पर्ने निर्णय गरेकाे छ । 

यसैविच भेलामा गत अार्थिक बर्षकाे अायव्यय अनुमाेदन गर्नुकाे साथै विद्युतगृहकाे मेसिन मर्मत गर्नका लागि अार्थिक संकलन गर्ने निर्णय भएकाे छ ।

भेलामा समितिका अध्यक्ष कृष्णप्रसाद पाैडेल,काेषाध्यक्ष दुर्गाप्रसाद पाैडेल, गाेपाल पाैडेल, वेदबहादुर पाैडेल, वडा अध्यक्ष पदमबहादुर तामाङ, पत्रकार प्रज्वल पाैडेल लगाएतका स्थानीय व्यक्तिहरूले अा-अाफ्नाे धारणा राखेका थिए । वक्ताहरूले गाउँकाे विकास निर्माणकाे क्षेत्रमा अापसी छलफलबाट एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई