प्रभात सुवेदी । असोज २९, बर्दिया । 

पछिल्लो समयमा सहकारीहरु बचत तथा ऋणका क्रियाकलापहरुमा मात्रै केन्द्रित रहेको अवस्थामा अबका दिनमा सहकारीहरुले आफूलाई व्यवसायिक कार्यमा रुपान्तरण गरी सक्षम र सबल बनाउनु पर्नेमा जोड द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज २९, बर्दिया । 

पछिल्लो समयमा सहकारीहरु बचत तथा ऋणका क्रियाकलापहरुमा मात्रै केन्द्रित रहेको अवस्थामा अबका दिनमा सहकारीहरुले आफूलाई व्यवसायिक कार्यमा रुपान्तरण गरी सक्षम र सबल बनाउनु पर्नेमा जोड द"/>

2026-09-15 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारीमा व्यावसायिकता : अवको आवश्यकता

प्रभात सुवेदी । असोज ३०, बर्दिया । 

पछिल्लो समयमा सहकारीहरु बचत तथा ऋणका क्रियाकलापहरुमा मात्रै केन्द्रित रहेको अवस्थामा अबका दिनमा सहकारीहरुले आफूलाई व्यवसायिक कार्यमा रुपान्तरण गरी सक्षम र सबल बनाउनु पर्नेमा जोड दिइएको छ ।


जिल्ला सहकारी संघको आयोजना तथा जिआइजेड क्षेत्रीय कार्यालय नेपालगञ्जको सहयोगमा जिल्लाका विभिन्न क्षेत्रमा रहेका सहकारीहरुका लागि हिजाे ठाकुरद्वारामा आयोजित पाँच दिने सहकारी व्यावसायिक योजना तालिमको समापन कार्यक्रमा यस विषयलाई औंल्याइएको हो । 

कार्यक्रमका सुपरीवेक्षक तथा प्रशिक्षक विष्णु प्रसाद घिमिरले यो तालिमले सहभागी प्रशिक्षार्थीहरुमा झिल्को प्रदान गर्ने काम भएको र यसलाई जगाएर सल्काउने काम सहभागी सहकारी अभियान्ताहरुको भएको कुरा औंल्याउनुहुँदै सहभागीहरुको श्रवण क्षमता र सक्रियताले आफू निकै नै प्रभावित भएको बताउनुभयो । परिस्थितिले नै कहिलेकाँहि राम्रो चिज ल्याउने भएकोले यस्ता कुराहरुलाई आफूले पहिचान गर्दै ग्रहण गर्नुपर्ने सुझाव समेत वहाँले दिनुभयो । कुनै पनि सहकारी संस्था फस्टाउनका लागि भिजन, मिसन र ओब्जेक्टिभले नै मद्दत गर्ने भएकोले यी तीनै पक्षहरुको संयोजनबाट नै संस्था व्यावसायिकीकरणतर्फ अगाडि बढ्ने घिमिरेले बताउनुभयो ।

 

यसैगरी जिल्ला सहकारी संघका व्यवस्थापक तथा प्रशिक्षक माधव पोखरेलले असल योजना नै आधा सफलता भएकाले योजना नै असल भएन भने सिङ्गो संस्था नै असफल हुने कुरा बताउनुहुँदै संस्थामा लागिसकेपछि मेरो हो भनेर समय दिएर कटिवद्ध भएर लाग्न सहभागीलाई सल्लाह दिनुभयो । 

कार्यक्रममा बोल्नुहुँदै जिल्ला सहकारी संघका उपाध्यक्ष तथा जिल्ला कृषि सहकारी संघका अध्यक्ष हरि बहादुर अधिकारीले सहकारीको उद्देश्य भनेको आर्थिक रुपान्तरण भएकोले यसको क्षेत्रमा गरिएको लगानीलाई खरानी हुन नदिनका लागि सबल र सक्षम भएर लाग्नका लागि सबैलाई सल्लाह दिनुहुँदै उपयुक्त योजना तयार गरेर आगामी दिनमा सहकारीलाई व्यावसायिकीकरणको पाटोमा आगाडि बढाउन प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।


सहभागी सहकारी अभियान्ता मोहन थापाले तालिमबाट एक आपसमा अनुभव आदानप्रदान गर्न पाइएकोमा आगामी दिनमा योजना तयार गर्नका लागि सहयोग पुगेको बताउनुहँदै पुर्नताजगी तालिमको लागि समेत अनुरोध गर्नुभएको थियो । सहभागी प्रशिक्षार्थीहरुमध्येबाटै इन्दिरा सुवेदीले यो तलिमले कार्ययोजना निर्माणका लगि अभ्यासमा टेवा पुगेको र सबै सहकारीहरुको कार्यशैलीमा एकरुपता आउने कुरा औंल्याउनुहुँदै अबका दिनमा सहकारीहरुले सशक्त योजना निर्माण गरी नमूना कार्य गर्नुपर्ने कुरा बताउनुभयो ।

जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष गोपाल प्रसाद पौडेलको सभाध्यक्षतामा समापन कार्यक्रम सम्पन्न गरिएको हो भने तालिममा जिल्लाका विभिन्न सहकारीहरुबाट १८ जनाको सहभागीता रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ