2026-09-15 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाढी र डुबानको क्षति रु चार अर्ब ३४ करोड

कात्तिक २, दाङ (रासस) | यहाँ साउन अन्तिम साता आएको बाढी र डुबानले रु चार अर्ब ३४ करोड बढीको क्षति  पुर्याएको तथ्यांक संकलन भएको छ । 

जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले १३ वटा विषयगत कार्यालयबाट मागेको विवरणअनुसार चार अर्ब ३४ करोड १२ लाख ८० हजार ८४५ रुपैयाँ ६४ पैसाको क्षति भएको जनाएको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले रु चार करोड ७० लाख २६ हजार ९८२, जिल्ला वन कार्यालयले रु १८ लाख ५० हजार, जिल्ला भू–संरक्षण कार्यालयले रु ३१ करोड ३८ लाखको क्षति भएको विवरण समितिमा बुझाएको छ । 

त्यसैगरी, जिल्ला शिक्षा कार्यालयले रु एक करोड ६५ लाख १६ हजार ६७६, प्रगन्न बड्कापथ सिँचाइ डिभिजनले रु ३२ करोड ५७ लाख ५० हजार, जिल्ला प्राविधिक कार्यालयले रु तीन करोड ७७ लाख र जिल्ला समन्वय समितिले रु दुई अर्ब १५ करोड ५५ लाखको भौतिक क्षति भएको उल्लेख गरेका छन् । 

यसैगरी, जनताको तटबन्धले रु २५ करोड ८० लाख, सिँचाइ डिभिजन कार्यालयले रु आठ करोड ७६ लाख, डिभिजन सडक कार्यालयले रु ४३ करोड ४० लाख, जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयले रु ४६ करोड १६ लाख ९९ हजार, कृषि विकास कार्यालयले रु नौ करोड ७७ लाख २१ हजार र जिल्ला पशुसेवा कार्यालयले रु ४१ लाख १६ हजार गरी कुल चार अर्ब ३४ करोड १२ लाख ८० हजार रुपैयाँको क्षति भएको छ । 

बाढी र डुबानका कारण सातजनाको मृत्यु, ३५९ घर पूर्णरुपमा क्षति र २८२ घर आंशिकरुपमा भत्किएको समितिले जानकारी दिएको छ । मृत्यु भएका, घर भत्किएका र प्रभावित प्रतिपरिवारलाई गरी रु ६५ लाख ६७ हजार ८०० राहत प्रदान गरिएको छ । 

बाढी प्रभावितका लागि व्यक्ति एवं संस्थागत गरी रु तीन लाख १३ हजार ३३२ नगद संकलन भएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ