2026-08-26 11:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रविधिले यसरी खोस्यो रोजगार, अब के गर्ने ?

कात्तिक २५, ताप्लेजुङ । “पहिले आराले काठ काटेर घरखर्च जुटाइन्थ्यो । अहिले त काठ काट्ने मेसिन आयो, पैसा कमाउने बाटो नै हरायो” सिरिजंघा– ७ का धनबहादुर सार्कीले भन्नुभयो । 

काम गर्नसक्ने उमेरदेखि नै काठ काटेर गुजारा चलाउँदै आउनुभएका सार्कीको घरमा अहिले खिया लागेको अवस्थामा काठ चिर्ने आरा झुण्डिएको छ । दुई/तीन वर्षअघिसम्म उक्त आरा उहाँको काँधमा हुन्थ्यो । सार्की घरदेखि एक दिनको पैदलदुरीमा समेत काँधमा आरा बोकेर काठ काट्न हिँड्ने गर्नुहुन्थ्यो । 

यता सोही ठाउँकै भीम लिम्बू भन्नुहुन्छ–“त्यो समयमा काठ काटेरै कमाएको पैसाले घर बनाइयो, जस्तापाताले घरको छाना ओढाइयो अहिले आराले काठ काट्ने जमाना हरायो । हातमा भएको सीप प्रयोग गर्न नपाउँदा पैसा कमाइ गर्ने बाटो नै बन्द छ ।” 

सिदिंवा गाउँपालिकाका दलबहादुर मरातीको कुरा पनि उस्तै छ । “अहिले गाउँगाउँमा काठ चिर्ने मेसिन चलाउन थाले, हाम्रो आरा घरमै थन्कियो,” मराती भन्नुहुन्छ । उनीहरुले काठ काटेरै महिनामा रु १५ हजारदेखि रु २० हजारसम्मको कमाइ गर्थे । 

यि तीनजना आरावाल त उदारण मात्रै हुनुहुन्छ । आराले काठ काट्ने सीपबाट नै गुजारा गरिरहेका पहाडी क्षेत्रका सयौँ मजदुरको रोजगार काठ चिर्ने मेसिनले खोसिदिएको छ । पछिल्लो समय सहज र सरल तरिकाले काठ काट्नका लागि मेसिनको प्रयोग हुन थालेपछि काठ काट्ने मजदुरले काम पाउनै छाडेका छन् । 

पहिले भवन निर्माणका लागि चाहिने काठ काट्न ठेक्का दिएरै आरावाललाई काठ काट्न लगाइन्थ्यो । अहिले मेसिन किन्न सक्नेले मात्र काठ काट्ने काम पाउने गरेका छन् । रु सत्तरी हजारभन्दा बढीको लगानीमा मेसिन खरिद गर्ने आँट प्रायः आरावालमा छैन् । कतिपयले मेसिन किन्न सके पनि उनीहरुमा मेसिन चलाउने सीप छैन । मेसिन चलाउने सीपका लागि तालीम र औजार खरिदमा कतैबाट सुविधा पाए सहज हुने उनीहरुको भनाइ छ । 

घरमा आरा थन्क्याएर बसेका स्थानीय कुमार गुरुङ भन्नुहुन्छ–“मेसिन खरिद र मेसिन चलाउने सीप विकासका लागि कतैबाट सुविधा पाए हामी जस्ता गरिबले भौतारिनुपर्ने थिएन ।” 

आजभोलि ग्रामीण क्षेत्रमा काठ चिर्ने मेसिन पुगेको छ । धेरै झन्झट नहुने साथै चाँडो र सरल तरिकाले काठ चिर्ने भएकाले चिर्ने मेसिनको प्रयोग बढ्दै गएको छ । आराले काठ काट्नेको रोजगार हराए पनि अर्कातिर मेसिन किनेर काम गर्नेले भने मनग्य आमदानी लिने गरेका छन् । 

मेसिन खरिद गरेर यसरी काम गर्दै आएका सिरिजंघा– ७ कै यामकुमार सार्कीले राम्रोसँग काम पाउँदा महिनामा रु ६०÷७० हजारसम्म कमाइ हुने गरेको बताउनुहुन्छ । 

मेसिनले ठूल–ठूला रुख पनि सहजै तरिकाले चिर्ने भएकाले काम गर्न निकै सहज हुने प्रयोगकर्ताको भनाइ छ । आराले काठ काट्दा आरा धरान थापेर त्यसमाथि मुढा राखेर दुई जनाको सहायताले चिरिन्छ । यो धेरै झन्झटिलो छ । तर मेसिनको प्रयोगले एउटै व्यत्तिले पनि सहजै गर्न सक्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’