2026-09-14 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तुलसीपुरस्थित पातुखोलामा झोलुङ्गे पुल निर्माण, स्थानीयबासी खुशी

पुस ११, दाङ । तुल्सीपुर नगरपालिकाका तीन वडा जोड्ने झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीय हर्षित भएका छन् । 

पातु खोलामा पुल नहँुदा वर्षेनी आवतजावतमा समस्या भोगेका स्थानीयले पातुखोलमा पुल निर्माणसँगै आफूहरुलाई सहजता भएको बताएका छन् । 

जिल्ला समन्वय समिति, दाङद्वारा सञ्चालित पुल परियोजनाअन्तर्गत तुल्सीपुर– ३, ७ र ९ नं वडा जोडने पातुखोलाको पातुखोला घाट झोलुङ्गे पुल निर्माणसँगै सोमबार सञ्चालनमा समेत आएको छ । 

“वर्षौंको पुलको सपना आज पूरा भएको छ, तुलसीपुर बजारसम्म जान हामीलाई वर्षात्को समयमा हम्मेहम्मे हुने गरेको थियो अब भने सजिलै बजारसम्म जान सकिने भयो” – स्थानीय रेश्मी वलीले भन्नुभयो । 

केटाकेटीलाई विद्यालय पु¥याउन त्यतिकै समस्या थियो । वलीले भन्नुभयो– “अब भने ढुक्कका साथ केटाकेटी पढ्न जानपाउने छन्, कतिले त खोलामा ज्यानै जोखिममा पारेर खोला तर्नुपर्ने समस्या थियो ।” 

उहाँ जस्तै वृद्धा पवित्रा विकले पनि पुल निर्माणसँगै आफूहरुलाई सहजता हुनुका साथै आज खुशी लागेको बताउनुभयो । “वृद्धवृद्धालाई भत्ता लिन तुलसीपुर जान समस्या थियो, बर्खा लाग्यो भने की तलबाट पुल तरेर बजार जानुपथ्र्याे होइन भने हिउँदनै पर्खनुपर्ने समस्या थियो । 

त्यसैगरी, कक्षा १ मा अध्ययन गर्ने पार्वती पुनले पनि पुल बनेसँगै आफूहरुलाई सहज भएको बताउनुभयो । उहाँले अब सहजै विद्यालयसम्म जान पाउने भएकोमा आफूहरु खुशी भएको बताउनुभयो । 

उनीहरु जस्तै यहाँका पातुखोला आसपास, डाँडा खुटी, हरेवास, नाउला, बल्ले, दमारगाउँ, चिसापानीका करिब एक हजारभन्दा बढी घरधुरीलाई सहजता भएको स्थानीय हुमबहादुर विकले बताउनुभयो । 

सेवा प्रतिष्ठान नेपालको रु ४५ लाख, जिल्ला समन्वय समितिको रु दुई लाख आठ हजार, समुदायको रु एक लाख बराबर श्रमदान र नगरपालिकाको रु एक लाख गरी झण्डै रु ५० लाख १७ हजारमा पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष हुमबहादुर विकले बताउनुभयो । पुल ७० मिटर लामो रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ