2026-09-14 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब सिधै दाङबाट काठमाडौँ समिट एयरमा सरर… (भाडादरसहित)

पुस १४, दाङ । चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । 

विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा पर्ने गरेको टरिगाउँ विमानस्थलमा फेरि हप्तामा दुई पटक निजी विमान कम्पनीको सहकार्यमा पुस २३ गतेदेखि हवाई उडान हुने भएको छ । 

विसं २०१६ मा निर्माण भएको विमानस्थल यहाँका राजनीतिक दलको दबाबमा धावनमार्ग कालोपत्र भएसँगै तुलसीपुर उद्योग वाणिज्य संघले उडानको जिम्मा लिएपछि सञ्चालनमा आएको तुलसीपुर–काठमाडौँ हवाई सेवा अनिश्चित भएको थियो । 

पहिले हवाई सेवा सञ्चालनका लागि टिकट बिक्रीको समेत जिम्मा लिएको उद्योग वाणिज्य संघले अबदेखि त्यसो गर्न नसकिने भनेपछि यहाँ उडान भर्दै आएको गोमा एयरले हवाई सेवा निरन्तरता दिन अनिच्छा देखाएको थियो । 

त्यसैबीच, लामो समयको छलफल र गृहकार्यपछि हप्तामा दुई दिन निजी विमानले उडान भर्ने सहमति भएको बताएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र समिट एयरका सिइओ मनोज कार्कीले बिहीबार काठमाडौँमा सहमति गरेपछि विमान सञ्चालनमा आउने भएको हो । 

सहमतिअनुसार तत्कालका लागि सातामा दुईपटक आइतबार र शुक्रबार विमान उडाउने सहमति भएको हो । तुलसीपुरदेखि काठमाडौँसम्म सिधा उडान हुने सहमति भएको पनि प्रमुख पाण्डेले बताउनुभयो । “अहिलेलाई काठमाडाँैबाट आउँदा १६ र जाँदा १८ यात्रु बोक्ने गरी सहमति भएको छ”, पाण्डेले भन्नुभयो । 

हाल दाङ—काठमाडौका लागि भाडा रु ६ हजार ६०० र काठमाडौ—दाङका लागि सात हजार भाडा तोकिए पनि दैनिक उडान भएपछि केही घट्ने बताइएको छ । 

पाण्डेले भन्नुभयो, “अहिले भाडा यही तय भएको छ, यात्रुको चाप र उडान थपपछि केही थपघट हुन सक्छ ।” यस अघि प्रमुखले आफूले सय दिनमा तुलसीपुरमा हवाई सेवा शुरु गर्ने उद्घोष गर्नुभएको थियो । 

तुलसीपुरमा कालोपत्रे एयरपोर्ट हँुदा पनि नियमित हवाई सेवा नहँुदा यहाँका स्थानीयवासी नेपालगन्ज र भैरहवाबाट यात्रा गर्न बाध्य थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ