Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

डडेल्धुरामा दलित तथा विपन्न परिवारलाई १७३ घर बनाउँदै जनता आवास

By kit

पुस १४, डडेल्धुरा । जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा डडेल्धुरामा १७३ घर बन्ने भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकामा अति विपन्न दलित परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणको काम शुरु भइसकेकाले चालू आवमै निर्माण सम्पन्न हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत घरवासको व्यवस्था गर्न नसक्ने जिल्लाका अति विपन्न दलित परिवारका लागि घर बन्न थालेपछि झुपडीमा बस्दै आएका उनीहरू पक्की घरमा बस्न पाउने भन्दै खुशी भएका छन् ।

पुख्र्यौली घरमा चारभाइ बहिनीलाई बस्नका लागि पनि ठाउँ पुग्दैनथ्यो सरकारले नयाँ घर बनाइदिने भएपछि आफूले पनि नयाँ घरमा बस्न पाउँदा खुशी लागेको अजयमेरु गाउँपालिका–१ समैजीका धनी दमार्इंले बताउनुभयो ।

समूह बनाई प्रतिपरिवारलाई नेपाल सरकारले रु तीन लाख ३५ हजार अनुदान पनि दिने जनाएको छ । दुईकोठे भान्सासहितको घर निर्माण गर्ने गरी काम शुरु भएको छ । यहाँका अति विपन्न दलित परिवार घर निर्माण गर्न नसक्दा एउटै घरमा दुई वा दुईभन्दा बढी परिवार बस्दै आइरहेका थिए । रासस