Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सहकारी खेती र डेरीका लागि अनुदान

By kit

पुस १४, कञ्चनपुर । सहकारीमा आधारित खेती गर्न र डेरी सञ्चालन गर्नका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनुदान रकम प्रदान गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ ।

नगरपालिका क्षेत्रमा रहेका सहकारी र पशुपालक किसानलाई आयआर्जनका कार्यक्रम गर्न सघाउ पु¥याउनका लागि नगरपालिकाले अनुदान दिने तयारी गरेको हो ।

नगरपालिकाको पशु विकास शाखाले पशु पालनमा आबद्ध किसानलाई अनुदान दिनका लागि सार्वजनिक सूचना प्रकाशन गरी किसानबाट आवेदन संकलन गरेको छ । यस वर्ष मासु पसल, गाईभँैसीको गोठ सुधार, सहकारी खेती र डेरी उद्योग सञ्चालनलगायत शीर्षकमा किसानलाई अनुदान दिन लागिएको पशु विकास शाखाका प्रमुख हरदेव भट्टले बताउनुभयो ।

“सूचना प्रकाशन गरी आवेदन संकलन गरेका छौँ, ती आवेदनबाट अनुदान पाउने किसानलाई छनोट गरिने छ”, उहाँले भन्नुभयो । सहकारी खेती र डेरी उद्योगमा सबैभन्दा बढी अनुदान दिइने भएको छ ।

सहकारी खेतीअन्तर्गत कुखुरापालनका लागि रु पाँच लाख ९० हजार, डेरी उद्योगका लागि रु एक लाखदेखि रु तीन लाखसम्म, मासु पसल सुधारका लागि १० जनाले प्रतिव्यक्ति रु ४५ हजारका दरले तथा गाईभैँसीको गोठ सुधारका लागि छजनालाई रु एक लाखका दरले अनुदान दिने तयारी गरिएको छ । रासस