२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउने, नेपाल एयरलाइन्सले उडान भर्ने

२०७४, १ माघ सोमबार १४:१९

रामबहादुर थापा/माघ १, बागलुङ । बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनमा आउने भएको छ । 

नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाका पदाधिकारीबीच आउँदो चैत पहिलो सातादेखि नियमित उडान शुरु गर्ने सहमति भएको हो । 

प्राधिकरणका पदाधिकारी, विमान कम्पनीका सञ्चालक, बागलुङ नगरपालिकाका प्रतिनिधि, पूर्वसासंदलगायत सरोकारवाला पक्षबीच आइतबार भएको छलफलमा विमानस्थल सञ्चालनमा ल्याउने निर्णय भएको हो । सहमतिअनुसार पहिलो चरणमा नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक र तारा एयरको जहाजले हप्ताको दुईपटक एक/एक उडान भर्नेछन् । 


यात्रुको सुनिश्चिता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा बागलुङ नगरपालिकाले सघाउने सहमतिमा उल्लेख छ । विमानस्थलको मर्मतसम्भार, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले लिने सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । 

“एक हप्ताभित्र विमानस्थलको प्राविधिक अध्ययनका लागि प्राधिकरणको टोली आउँछ”, उहाँले भन्नुभयो, “प्राविधिक अध्ययन प्रतिवेदन तयार भएसँगै अन्य प्रक्रिया अगाडि बढ्छ ।” 

विमानस्थलसम्म पुग्ने सडकको स्तरोन्नति र अन्य पूर्वाधारका लागि तीब्र रूपमा काम अघि उहाँको भनाइ छ । सदरमुकामदेखि आठ किमीको दूरीमा रहेको विमानस्थलसम्म पुग्न तत्काललाई कालीगण्डकी करिडोरको कच्ची मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । 

उक्त सडकलाई यथाशक्य छिटो कालोपत्र गर्न सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने नगरप्रमुख पौडेलले बताउनुभयो । विसं २०२२ मा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि २०४८ सालमा आएर बन्द भएको थियो । 

बन्द विमानस्थल सञ्चालनमा ल्याउन पटक–पटक पहल गरिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन । लामो प्रयासपछि विमानस्थल सञ्चालनमा आउन लागेको बागलुङका पूर्वसासंद प्रकाश शर्मा पौडेलले बताउनुभयो । 

आफू सांसद र विकास समितिको सदस्य हुँदा विमानस्थल सञ्चालनमा ल्याउन पहल गर्दै आएको उहाँको भनाइ थियो । चार वर्षअघि तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मा र पर्यटनमन्त्री लोकेन्द्र विष्ट जहाज चढेरै बलेवा विमानस्थलमा ओर्लनुभएको थियो । 

नियमित उडान सञ्चालन गर्ने मन्त्रीद्वयको प्रतिबद्धताले पनि विमानस्थल सञ्चालनमा आउन सकेको थिएन । सरकारी स्तरबाट विमानस्थल सञ्चालनमा ल्याउने आश्वासन पटक–पटक आउने गरे पनि त्यो आश्वासनमै सीमित हुने गरेको थियो । 

विमानस्थल सञ्चालन गर्ने नयाँ सहमतिपछि यस क्षेत्रका बासिन्दा वर्षौं अघिको सपना पूरा हुनेमा विश्वस्त छन् । धवलागिरि क्षेत्रको पर्यटकीय स्थललगायत समग्र विकासका लागि बलेवा विमानस्थलले ठूलो टेवा पु¥याउने ठानिएको छ । 

पोखराबाट १३ मिनेटको उडानपछि आइपुगिने बलेवा विमानस्थल पहाडी उडानका लागि महत्वपूर्ण गन्तव्य मानिएको छ । यहाँ बिमान सेवा सञ्चालनमा आएपछि बाह्य तथा आन्तरिक पर्यटकका लागि पवित्र कालीगण्डकी नदी, बागलुङको कालिका भगवती, म्याग्दीको गलेश्वरधाम, धवलागिरि हिमाल, मुस्ताङको मुक्तिनाथ मन्दिर लगायतका प्राकृतिक, धार्मिक तथा ऐतिहासिकस्थलको अवलोकन गर्न सहज हुने भएको छ । 

विमानस्थल सञ्चालनमा आए साबिक धवलागिरि अञ्चलका चार जिल्ला तथा पश्चिमका रोल्पा रुकुम, प्यूठान, गुल्मीलगायत जिल्लाका बासिन्दा पनि लाभान्वित हुनेछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी