२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुरामा खानेपानीका पाँच ट्याङ्की निर्माण कार्य सुरु

२०७४, ४ माघ बिहीबार ०७:४६

माघ ४, बाजुरा | बाजुराको बडीमालिका नगरपालिकाले खानेपानीका ट्याङ्की निर्माण शुरु गरेको छ । 

सदरमुकामवासीले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका भए पनि अब खानेपानीको समस्या टर्ने भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको करिब सात महिनापछि सदरमुकामको खानेपानी व्यवस्थित बन्ने भएको छ । 

मार्तडीको बृहत् खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकाममा रहेका होटल व्यवसायी सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीयवासीले समयमै खानेपानी नआउने र आए पनि एक घण्टा बढी नआउने समस्या झेल्दै आएको बताइएको छ । 

जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले खानेपानी उपभोक्ता समितिलाई नगरमै राखी खानेपानी व्यवस्थित गर्न थालेको बडीमालिका नगरपालिकाको ८ नं वडा अध्यक्ष प्रकाश रावलले बताउनुभएको छ । 

उहाँले सदरमुकाम मार्तडीमा रहेका सरकारी तथा गैरसरकारी उद्योगी, व्यापारी, होटल व्यवसायीलाई सहजरुपमा खानेपानी उपलब्ध गराउनका लागि विभिन्न स्थानमा पाँच वटा ट्याङ्की निर्माण गरिने बताउनुभयो । 

सदरमुकामभित्रै रहेका भाकम, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला निर्वाचन कार्यालयको पछाडि रहेको जनस्वास्थ्यको जमिनमा, जिल्ला प्रहरी कार्यालयको परिसरमा र रानीवनमा खानेपानीका पाँच ठूला ट्याङ्की निर्माण हुन लागेको नगर प्रमुख पदम बडुवालले जानकारी दिनुभएको छ । 

नगर प्रमुखले दिएको जानकारीअनुसार खानेपानी ट्याङ्की निर्माणका लागि रु एक करोड एक लाख बजेट प्रथम नगरसभाबाट विनियोजन गरिएकाले सोहीअनुसार एक ट्याङ्की ५० घनमिटरको बनाउने गरी मार्तडी बृहत् खानेपानी उपभोक्ता समितिलाई जिम्मेवारी दिइएको बताउनुभयो । 

खानेपानी पाँच ट्याङ्की निर्माणका लागि रकम कम हुने भएकाले थप गर्नुपर्ने भएको नगर प्रमुख बडुवालले बताउनुभयो । खानेपानी ट्याङ्की निर्माणपछि समस्याको समाधान हुनेछ । उहाँले खानेपानी प्रयोगकर्तालाई धारामा टुटी प्रयोग गर्न आग्रह गर्नुभएको छ । धारामा टुटी नलगाउनेको खानेपानीको लाइन काटिने बडुवालको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन