2026-09-14 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिल्ला अस्पताल रोल्पाको आधुनिक भवन बन्दै

माघ ५, रोल्पा ।  जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् । 

जिल्ला अस्पताल, रोल्पाको नयाँ भवन एक महिना अगाडि बन्न थालेपछि यस्तो सुविधासहित उपचार गर्न पाउने आशा पलाएको हो । २०४१ सालमा निर्माण गरिएको टिनको छाना रहेको सो भवन जीर्ण रहेसँगै बिरामीले त्रासपूर्ण अवस्थामा उपचार गराइरहेका थिए । 

हाल निर्माणाधीन नयाँ भवन बनेपछि अस्पतालले ५० श्ययाको सेवा दिने जिल्ला अस्पताल सञ्चालक समितिका अध्यक्ष टीकाकुमारी बुढा थापाले जानकारी दिनुभयो । 

श्यया थपसँगै विशेषज्ञ सेवा पनि उपलब्ध हुने भएकाले सामान्य शल्यक्रियाका लागिसमेत जिल्ला बाहिर जानुपर्ने समस्याबाट जिल्लावासी मुक्त हुने थापाले बताउनुभयो । 

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता रहेको सो भवनको लागत भ्याटसहित करिब रु ३५ करोड र भ्याटबाहेकको रकम करिब रु २९ करोडको रहेको अध्यक्ष थापाले बताउनुभयो । 

हाल विशेषज्ञ डाक्टर नभएको जिल्ला अस्पतालमा नयाँ भवन बनेसँगै विशेषज्ञ सेवा प्रदान गरिने जिल्ला अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगीले जानकारी दिनुभयो । श्यया थपसँगै प्रविधि र जनशक्ति पनि थपिने भएकाले जिल्ला अस्पतालको सेवा पनि विस्तार हुने डाँगीले बताउनुभयो । 

हाल १५ श्ययाको सेवा दिइरहेको जिल्ला अस्पताल, रोल्पाको भवन २०४१ सालमा निर्माण गरिएको थियो । भवन पुरानो हुनुका साथै छाना तथा ढोकासमेत गलेका र भित्ता समेत प्वाल परेका छन् । उक्त भवनमा उपचार गराउन आउने बिरामीले असुरक्षित महसुस गर्दै आएका थिए ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ